कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शनिबार ४:१२:११
१६ जेठ, जीतपुर । कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिए।
जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए। उनका अनुसार अन्य नौ जना १४ दिनअघि भारतबाट आएका थिए जसमा वडा नम्बर १० मा दुई , वडा नम्बर १ मा चार, वडा नं ५ मा एक र वडा नम्बर २ मा दुईमा कोरोना पुष्टि भएको छ ।
उनीहरु आआफ्नो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए । विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र वडा नम्बर ३ मा एकमा कोरोना भाइरस सङक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए। तीनैजना भारतबाट केही साताअघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेशनमा राखी उपचार गरिने छ ।
बुद्धभूमि नगरपालिकामा एक पत्रकारसहित अर्का वडा नम्बर ८ का एकमा सङक्रमण पुष्टि भएको छ । उनी केही दिनअघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा माविको क्वारेन्टिनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए । दुई जनाको अवस्था सामान्य छ । कपिलवस्तुमा अहिलेसम्म चार पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुनः एकमा सङक्रमण देखिएसंँगै सङक्रमित पत्रकारको सङख्या चार पुगेको हो । यसअघि बाणगङ्गामा दुई र कपिलवस्तु नगरपालिकामा एक सङ्क्रमित देखिएका थिए ।
पत्रकारमध्ये तीन पुरुष र एक महिला सङक्रमित भएका हुन् । सङ्क्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा स चालित आइसोलेशनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइशोलेशन अस्पतालमा छन् । यससंँगै कुल सङ्क्रमितको संख्या जिल्लामा १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सङक्रमित ५२ मध्ये ४९ भारतबाट केही साताअघि आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका टोपबहादुरसहितले सर्वोच्चमा दिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार