एमसीसीबारे सचिवालय बैठकमा चर्काे विवाद
नेपालबहस संवाददाता
जेठ १७, २०७७ शनिबार १७:४२:१०
१७ जेठ, काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकार अमेरिकी मिलेनियम च्यालेञ्ज (एमसीसी) जसरी भएपनि संसदको चालु अधिवेशनबाट पारित गर्न उद्यत् भएपनि पार्टीभित्र फेरि नयाँ विवाद शुरु भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अस्ति संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा एमसीसीका लागि बजेटको विशेष व्यवस्था घुसाइएपछि यो विवाद थप पेचिलो बन्न थालेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे हिजो प्रधानमन्त्री ओलीसँग गम्भिर असहमति जनाएकाले आज बिहान सचिवालय बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे डाकिएको बैठक जारी छ । आजको बैठकमा सचिवालय सदस्यका साथै स्थायी कमिटी सदस्य भीमबहादुर रावल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा. खतिवडासमेत सहभागी छन् ।
मूलतः यो विषय विवादित छ, त्यसैले चोर बाटोबाट घुसाउने काम गलत हो– नेता रावलले भनेका छन् । पार्टीबाट निर्णय नगरी सरकारले यो विषयलाई ल्याउने काम गलत हो भन्दै नेता रावलले आजको सचिवालय बैठकमा यसको औचित्यबारे प्रश्न गरिने बताए ।
गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा समेत यो विषय परेको थियो । त्यसको पनि चर्काे आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले यसबारे निर्णय गर्ने अधिकार सांसदहरुको भएको टिप्पणी गरेका थिए ।
बजेटमा पनि वैदेशिक अनुदान शीर्षकमा यसलाई समेटिएको छ । यद्यपि एमसीसी भनेर उच्चारण भने गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार