एमसीसी पारित हुने संभावना
नेपालबहस संवाददाता
जेठ १७, २०७७ शनिबार १९:१२:२७
१७ जेठ, काठमाडौं । बहुचर्चित एवं विवादित अमेरिकी मिलेनियम च्यालेञ्ज एमसीसीको भविष्य अब भने स्पष्ट हुने संकेत मिलेको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र ठूलै रडाको मच्चाउन सफल एमसीसीको अनुमोदनको जिम्मा अब संसदलाई दिइएको छ ।
सरकारले एमसीसीलाई घुमाउरो ढंगले बजेट बक्तब्यमा घुसाएको भन्दै नेकपाभित्र विवाद चर्किएपछि यसबारे छिनोफानो गर्न आज बोलाइएको सचिवालय बैठकले यस्तो निणर्य गरेको हो । अब भने एमसीसी पारित हुने सम्भावना बढेर गयो– नेकपाका एक स्थायी कमिटी सदस्यले भने । सचिवालय बैठकले एमसीसी पास गर्ने नगर्ने जिम्मा संसदलाई दिएकाले यो प्रकरणले संसदमा प्रवेश पाउने भएको छ– उनी भन्छन् ।
संसदमा प्रवेश गरेपछि कार्यसूचीमा चढ्छ, अनि छलफल र मतदानको अवस्था आउँदा पास हुने सम्भावना बढी देखिएको उनले अनुमान लगाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षधर एमसीसी संसदबाट पारित गरी अगाडि बढ्न चाहन्छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि यसको पक्षका रहेकाले संसदमा मतदान हुँदा पास हुने संभावना बढी रहेको पनि ती नेता बताउँछन् । यसअघि पनि प्रधानमन्त्री ओलीले एमसीसीबारे अन्तिम टुंगो लगाउने काम संसदलाई नै छाडिदिनुपर्ने बताउँदै आएका छन् ।
आजको बैठकमा छलफल हुँदा संसदबाटै निकास खोज्ने सहमति गरियो– बैठकपछि नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने । संसदमा विचाराधीन रहेको यो मुद्धाको छिनो त्यहीं हुन्छ – उनले भने ।संसदले पारित गरेको अवस्थामा मात्र एमसीसी कार्यान्वयनमा आउन सक्छ ।
आजको बैठकमा स्थायी कमिटी सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत आमन्त्रित गरिएको थियो । एमसीसी अन्तर्गत पाँच अर्ब ७२ करोड रकम नेपालले प्राप्त गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार