रुकुम नरसंहार बिरुद्ध झापामा पनि प्रदर्शन
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १७:५०:३३
१८ जेठ, झापा । नवराज बिश्वकर्मा हत्या बिरुद्ध संघर्ष समिति दमक झापाले जेष्ठ १६ गते दमकको ईलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । २०७७ साल जेष्ठ ११ गते साँझ रुकुमपश्चिम चौरजहारी ८, सोतीमा भएको घटनालाई लिएर दमकमा पनि बिरोध कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न प्ले कार्डसहित आएका संघर्ष समितिका सदस्यहरुले ईलाका प्रशासन कार्यालय दमकमा केहि समय धर्ना समेत दिएका थिए ।
मानव जातले हैन, सोचले अछुत छ । रुकुम हत्याकाण्ड ढाकछोप गर्ने सबै अपराधी हुन, जातिय आधारमा हत्या कहिलेसम्म ?, रुकुम घटनाका अपराधीलाई कार्वाही गर, रुकुम घटनाका पीडितहरुलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर भन्ने जस्ता प्लेकार्डसहितको ¥यालीले दमक नगरको मुख्य भागको परिक्रमा गर्दै ईलाका प्रशासन कार्यालय पुगेको थियो ।
उच्चस्तरीय संसदीय छानविन समिति गठन गर, मृतक नवराज विकसहित सम्पुर्ण मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर, घटना प्रभावित समुदाय र क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुतसहित भयमुक्त वातावरण सृजना गर, बर्षौदेखि न्यायको पर्खाईमा शिक्षण अस्पतालको शवगृहमा रहेको अजित मिजारलाई न्याय देऊ, छुवाछुत राष्ट्र घोषणा २०७३ को सम्मान गर भन्ने जस्ता बिभिन्न ५ सुत्रीय मागहरुसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको विश्वकर्मा युवा संस्थाका उपाध्यक्ष उमेश गजमेरले बताए ।
दमकमा रहेका बिभिन्न १७ वटा संघसस्थाको ऐक्यबद्धतासहित बुझाईएको उक्त ज्ञापनपत्र राष्ट्रिय मानव अधिकार आयोग, काठमाडौं, राष्ट्रिय दलित आयोग, काठमाडाैं र राष्ट्रिय दलित पत्रकार संघ, केन्द्रिय कार्य समिति काठमाडौंलाई बोधार्थ दिईएको दमकका स्थानीय समाजसेवी काशी खातीले नेपालबहस डटकमलाई बताएका छन् ।
मानव अधिकारवादी अभियन्ताहरु नविन चापागाँई र के.पी. सुबेदी लगायत दमकका अधिकारकर्मीहरुले मृतकका पक्षमा न्यायको माग राख्दै आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रमलाई थप दवावमूलक बनाउन आज दिउँसो ३ बजे दमक बजारको मुख्यचौक देबकोटा चौकमा बिभिन्न दलित अधिकारकर्मी संगसंस्थाहरुका अगुवाहरु तथा बिभिन्न अधिकारकर्मीहरुले हातमा कालोपट्टी बाँधेर ब्यानर र बिभिन्न मागहरु लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार