संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १७:५८:२१
१८ जेठ, काठमाडौं । भारतसँगको सीमा विवादपछि चर्चामा आएको नयाँ नक्सासहितको निशाना छाप परिवर्तन गर्न प्रतिनिधिसभाको आज बसेको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयक पेश भएको छ । सरकारका तर्फबाट कानून तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले यस सम्बन्धी विधेयक प्रस्तुत गरिन् ।
उक्त संशोधन विधेयक उपर कसैको विरोध परेको छैन । नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम नेपाल सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्शा स्वीकृत गरी देशको वास्तविक सीमा प्रकाशन गरेकाले नेपालको संविधानको अनुसूची ३ को निशान छापभित्र अंकित नेपालको नक्शा मिलाउनुपर्ने भएकाले संशोधनका लागि यो विधेयक पेश गर्दछु– मन्त्री तुम्बाहाम्फेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गर्दै भनिन् ।
यसअघि गत बुधबारको कार्यसूचीमा परेको यो प्रस्ताव एकाएक स्थगित भएपछि नेपाली राजनीतिक बृत्तमा विभिन्न खाले अड्कल गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि यस सम्बन्धी प्रस्तावको पक्षका उभिन तयार भएपछि सरकारले आज फेरि प्रस्ताव दर्ता गरेकोे हो ।
कांग्रेसको हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले संविधान संशोधनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको थियो ।नेपाली कांग्रेस प्रस्तावको पक्षमा उभिएपछि सो प्रस्ताव संसदमा दुई तिहाईले पारित हुनेछ ।
यस सम्बन्धमा अर्काे प्रतिपक्षी दल जनता समाजवादी पार्टी भने अझै अनिर्णित छ । यो संशोधनसँगै विगतदेखि आफूहरुले उठाएका माग पनि संबोधन गर्न उसले शर्त राखेको छ । तर प्रधानमन्त्री केपी ओली भने हाल यही मात्र संशोधन गर्ने पक्षमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार