सत्ता टिकाउने आधार बन्यो लकडाउन
इन्द्र रिजाल
जेठ १८, २०७७ आइतबार १९:२३:४८
झण्डै अढाई महिनाको लकडाउनले थला परेको नेपाली अर्थतन्त्र अब त बौरन पाउला की भन्दै गर्दा सरकारले सातौं चरणका लागि फेरि किस्ताबन्दीमा जेठ मसान्तसम्म लकडाउन थपेको छ । अझ हवाई उडान असार १६ सम्म बढाइनुले लकडाउन पनि थप लम्बिदै जाने संकेत देखिएको छ ।
लकडाउन नै कोरोनाविरुद्ध लड्ने अचूक औषधिका रुपमा प्रधानमन्त्री केपी ओलीले लिएको पाइयो । यत्रो अवधि लकडाउन गर्दा संक्रमित संख्या नाटकीय ढंगले बढ्नुको कारण के हो ? सरकारले भन्न सकेको छैन । लकडाउन गरेर जनतालाई घरभित्र थुन्न पाए अकण्टक सत्ता चलाउने उनको मनसाय देखिन्छ । लकडाउन गरेर कोरोनाविरुद्ध कुनै प्रभावकारी अस्त्रको प्रयोग गर्नबाट प्रधानमन्त्री ओली पूर्णतः चुकेको देखियो ।
तर यहाँ त काठमाडौं होस् कि पोखरा, बुटबल होस् कि चितवनबाट काम विशेषले आफ्नो गाँउघर जानेलाई पनि जबरजस्ती तिनै बाख्राको खोर जस्ता क्वारेन्टाइनमा हुल्ने गरिएको छ । जो आफै सचेत भएर शहरमा बस्दा पनि होम क्वारेन्टाइन मै बसेकोलाई पनि स्थानीय निकायले क्वारेन्टाइनका नाममा खोरमा हुल्ने प्रवृत्ति मौलाएको छ । आफ्नै घरमा सुरक्षित रुपले बस्छु भन्दा जनताले पाउने अवस्था छैन् । जबकी बेलायत वा यूरोपमा संक्रमित भएकाहरु समेत आफ्नै घरमा बसेर डाक्टरको सल्लाह बमोजिम उपचार गराइरहेका छन् । यहाँ त क्वारेन्टाइनका नाममा गाँउघरमा भिजिलान्ते प्रवृत्ति मौलाउँदै गएको छ ।
भारतबाट आएकाहरुमा संक्रमण अध्यधिक रहेको पत्ता लागिसक्दा पनि ओलीले व्यवस्थित रुपमा न त क्वारेण्टाइन र उपचारकोे प्रबन्ध मिलाए, न पर्याप्त मात्रामा परीक्षण नै गराए । भेडाबाख्रा थुन्ने खोर भन्दा नाजुक क्वारेण्टाइन भित्र पसेकाहरुको कन्त बिजोग भएको छ । एकजना संक्रमित रहेको अवस्थामा सबै जोखिममा पर्ने गरेका छन् । दिन दुगुना संक्रमित थपिदै जानुमा त्यही अव्यवस्थित क्वारेन्टाइन कै परिणति भएको जगजाहेर नै छ ।
भारत तथा ज्यादा संक्रमित तराईका जिल्लाबाट आएकाहरुलाई मात्र क्वारेण्टाइनमा राख्ने तथा उनीहरुलाई राख्नुअगावै पीसीआर प्रविधिबाट परीक्षण गर्ने प्रबन्ध मिलाएको भए अहिले जस्तो भयावह अवस्था आउने थिएन । तर यहाँ त काठमाडौं होस् कि पोखरा, बुटबल होस् कि चितवनबाट काम विशेषले आफ्नो गाँउघर जानेलाई पनि जबरजस्ती तिनै बाख्राको खोर जस्ता क्वारेन्टाइनमा हुल्ने गरिएको छ । जो आफै सचेत भएर शहरमा बस्दा पनि होम क्वारेन्टाइन मै बसेकोलाई पनि स्थानीय निकायले क्वारेन्टाइनका नाममा खोरमा हुल्ने प्रवृत्ति मौलाएको छ । आफ्नै घरमा सुरक्षित रुपले बस्छु भन्दा जनताले पाउने अवस्था छैन् । जबकी बेलायत वा यूरोपमा संक्रमित भएकाहरु समेत आफ्नै घरमा बसेर डाक्टरको सल्लाह बमोजिम उपचार गराइरहेका छन् । यहाँ त क्वारेन्टाइनका नाममा गाँउघरमा भिजिलान्ते प्रवृत्ति मौलाउँदै गएको छ ।
भारतमा आजैबाट जनजीवन सामान्य बनाउन शुरु भएको छ । अर्काे साताबाट सिनेमा घर, सपिङ मल,रेष्टुराँजस्ता भीडभाड हुने ठाउँ पनि खोल्ने निर्णय भइसकेको छ । तर ओली भने नेपाली सेना लगाएरै भएपनि जनतालाई भोकभोकै घरमा थुन्ने पक्षमा अटल र अविचलित छन् ।
यसो गर्न ओलीलाई न कसैले सल्लाह दियो, न आफैं जागरुक भए । गरे त केवल सत्ता जोगाउने यन्त्रका रुपमा यसको दुरुपयोग । लामो समयदेखि काम नपाएर थलिएका मजदूर श्रमिकको के हालत भएको होला ? लकडाउनको प्रारम्भमा ओलीका अरिंगालले सरकारी सम्पतिको दोहोलो काढ्दै राहतको नाटक मञ्चन गरे । त्यो पनि आफू निकटलाई मात्रै वितरण गरियो ।
जबकी अहिले चाहिं वास्तविक पीडितका लागि राहत चाहिएको छ । तर राहत बाँड्न र सेल्फी खिच्न तम्सनेहरु यतिबेला कुन दुलोमा पसेका छन् ? मानिस खान नपाएर भोकभोकै छटपटाउन थालेका छन् । कतिपयको त बाटैमा ज्यानै गएको छ । तर ओलीलाई जनताका यस्ता पीर मर्काप्रति न त रुची नै छ, न सरोकार । केवल उनी आफ्नो सत्ता जोगाउने ध्याउन्नमा मात्रै तल्लिन छन् ।
कोरोना अब मानव समुदायकै लागि ठूलो चुनौती बनिसक्यो । जबसम्म यसविरुद्ध खोप तयार हुँदैन, तबसम्म कोरोनासँग संघर्ष गरेरै अगाडि बढ्नुपर्ने बाध्यता आईसक्यो । त्यसैले युरोप अमेरिका लगायत हाम्रा छिमेकी भारत र चीन पनि त्यही मनस्थितिमा अगाडि बढेका छन् । सामाजिक दूरी कायम राख्दै वा अन्य स्वास्थ्य उपकरणको प्रयोग र ख्याल राख्दै जनजीवन चलाउन बाध्य भएका छन् सबै । भारतमा आजैबाट जनजीवन सामान्य बनाउन शुरु भएको छ । अर्काे साताबाट सिनेमा घर, सपिङ मल,रेष्टुराँजस्ता भीडभाड हुने ठाउँ पनि खोल्ने निर्णय भइसकेको छ । तर ओली भने नेपाली सेना लगाएरै भएपनि जनतालाई भोकभोकै घरमा थुन्ने पक्षमा अटल र अविचलित छन् ।
तर मोडालिटी कस्तो हो भनेर कसैले केही बोलेका छैनन् । जीउ रहे घीउ खान पाइन्छ भनी लकडाउनको औचित्य पुष्टि गर्ने आधार ओलीले गुमाइसकेका छन् । किनभने लकडाउन गरेर जनताको जीउ जोगाउने कुनै तयारी उनले गरेनन् । बरु कोरोना संक्रमण फैलने वातावारण चाहिं उनकै नालायक प्रशासनले बढाइदिएको छ ।
न त रोगथाम र उपचारका केही काम गर्ने, न जनतालाई गरिखान दिने, विचित्रको नीति अख्तियार गरेको छ ओली सरकारले । त्यसैले अब लकडाउनको विकल्पमा सोच्नै पर्ने बेला आएको छ । स्वयं नेकपाका नेता कार्यकर्ता अब पनि लकडाउनलाई निरन्तरता दिनुको औचित्य पुष्टि नहुने धारणा सार्वजनिक गर्दैछन् । ओलीलाई सत्ता चलाउन सजिलो बनाउने ध्येयले मात्र यस्तो अव्यवहारिक र अदूरदर्शी निर्णय लिनुको औचित्यसिद्ध गर्न नसकिने उनीहरु सामाजिक सञ्जालमार्फत राखिरहेका छन् ।
हुनपनि ओलीले लकडाउनलाई अवसरका रुपमा प्रयोग गर्न सकेनन् । यत्रो लामो अवधिलाई उनले उपयोगी बनाउने प्रयत्नसमेत गरेनन् । जनतालाई दुखकष्ट दिने मात्र उनको अभिष्ट देखियो । हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको म्याद बढाउँछ भन्ने संकेत दिईसकेको थियो । लकडाउन गरेरै सत्तामा टिक्ने ओलीको शैली धेरैले भेउ पाइसकेका थिए । किनभने, पछिल्लो एकसाता नेपालमा कोरोना संक्रमित संख्या तेब्बर भएको छ । अघिल्लो साता करिब ६ सयको हाराहारीमा रहेको संक्रमित संख्या ह्वात्तै बढेर १५ सय पुग्न लागेको छ ।
दोस्रो कोरोना संक्रमण पुष्टि भएलगत्तै गत चैत ११ गतेदेखि लकडाउनको निर्णयमा पुगेका ओलीले संक्रमितको बढ्दो ग्राफ देखाएरै लम्ब्याउने अनुमान धेरैले गरेका थिए । नभन्दै हिजोको मन्त्रिपरिषद बैठकमा उनले ठाडै सो प्रस्ताव पास गराए, त्यो पनि सेना परिचालनसहितको । यद्यपि अब लकडाउनको मोडालिटी फेरिन्छ भनेर उनका अरिंगाल भन्दैछन् । तर मोडालिटी कस्तो हो भनेर कसैले केही बोलेका छैनन् । जीउ रहे घीउ खान पाइन्छ भनी लकडाउनको औचित्य पुष्टि गर्ने आधार ओलीले गुमाइसकेका छन् । किनभने लकडाउन गरेर जनताको जीउ जोगाउने कुनै तयारी उनले गरेनन् । बरु कोरोना संक्रमण फैलने वातावारण चाहिं उनकै नालायक प्रशासनले बढाइदिएको छ ।
अहिले कहालीलाग्दो अवस्थामा भईरहेको संक्रमणको कारक तत्वको खोजी भएको छ त ? सरकारले देश बाहिरबाट आएकाहरुलाई व्यवस्थित रुपमा राख्न सकेको भए यस्तो रोदन हुने थिएन । एक त पर्याप्त मात्रामा परीक्षण नै गरिएन, गरिएका पनि कमिशनको चक्करमा ल्याइएका आरडीटी प्रविधिको प्रयोग गरियो । यो आफैंमा सबैभन्दा कमजोर पक्ष रह्यो । त्यसैले ओलीको शासनशैली र हेपाहा प्रवृत्तिलाई परास्त गर्न स्वयं नेकपाका नेताहरु नै अग्रभागमा आउनुपर्छ । प्रतिपक्षी दल र नेतालाई त ओलीले राम्रै भाउमा खरिद गरिसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार