कोरोना कोषको रकम पहिलो पटक दुई दर्जन जिल्लामा पठाइयो
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १९:५१:८
१८ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न सुरु गरेको छ । यस कोषबाट पहिलो पटक दुई दर्जन जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम पठाइएको हाे ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो पटक यस कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ जिल्लामा पठाइएको हो । यसमध्ये काठमाडौंस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नाममा १ करोड ३९ लाख ७९ हजार रुपैयाँ पठाइएको छ । डडेल्धुरामा जिल्ला अस्पताल, मकवानपुरमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका नाममा पनि रकम पठाइएको छ ।
चितवनको भरतपुर अस्पताल, तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीमा जिल्ला प्रशासन कार्यालयले खर्च गर्ने गरी रकम पठाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
त्यस्तै नवलपरासी पश्चिम, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, मोरङ, झापा र इलामको जिल्ला प्रशासन कार्यालयका नाममा समेत ५र५ लाखका दरले रकम पठाइएको छ । कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई समेत कोषबाट क्रमशः १ करोड र ६८ लाख रुपैयाँ पठाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना कोषमा २ अर्ब ३० करोड ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार