औद्योगिक राष्ट्रहरुको समूह ‘जी-७’ को बैठक स्थगित
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २०:७:३९
१८ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह ‘जी-७’ को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।
सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी-७ को संरचना नै “पुरानो र असान्दर्भिक” भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताए । अमेरिकी संचार माध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भनेका छन्, “मैले जी-७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जि७ समूहले सम्बोधन गर्न सक्दैन ।”
विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जि७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो । जी-७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्रराष्ट्र सहित कोरोना भाइरसबाट प्रभावित राष्ट्रहरुलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहेको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिए ।
जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोना भाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरे । राष्ट्रपति ट्रम्पले जी-७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गरे । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी-७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाए ।रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार