क्वारेन्टाइन सुरक्षाको जिम्मा सुरक्षा निकायलाई
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २१:५७:४४
१८ जेठ, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ९९ जनालाई उपचार भइरहेको छ । भारतबाट नेपाली नागरिक आउने क्रम बढ्दै गएका कारण क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ ।
शनिबारसम्ममा ८९ पुरुष र १० महिलालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । अहिले क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनको सुरक्षाका लागि तीनवटा सुरक्षा निकायलाई जिम्मा दिने निर्णयअनुरुप ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनका अनुसार बनेपा, धुलिखेल, पनौती र नमोबुद्ध नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकाको क्वारेन्टिनको सुरक्षाको जिम्मा धुलिखेलमा रहेको नेपाली सेनाको विष्णु दल गण, चौरीदेउराली, खानीखोला, महाभारत र तेमाल गाउँपालिकाको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकाको क्वारेन्टिनको सुरक्षा व्यवस्था सशस्त्र प्रहरी बल १५ नम्बर गण हेडक्वाटर पाँचखालले लिएको जनाइएको छ ।
क्वारेन्टाइनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने काममा लागिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये ६ वटा नेपाली सेनालाई, तीनवटा सशस्त्र प्रहरी बललाई र चारवटा जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न जिम्मा दिएको हो । शुक्रबारसम्ममा भारतबाट काभ्रेपलाञ्चोक जिल्लामा ७२ जना नागरिक आइसकेको र उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ । भारतबाट यस जिल्लामा करिब एक हजार १२५ जना नागरिक आउने सम्भावना रहेको उनले जानकारी दिए ।
उनका अनुसार भारतबाट आएका दुर्गम क्षेत्रका गाउँपालिकाका नागरिकको जिल्ला सदरमुकाममा नै पीसीआर परीक्षण गरेरमात्रै सम्बन्धित पालिका पठाउने र सुगमका नागरिकको भने सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा नै पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको गत जेठ ९ गते बसेको बैठकले धुलिखेल र बनेपा नगरपालिकामा तीन-तीन सय श्ययाको क्वारेन्टिन र अन्य पालिकामा एक-एक सय श्ययाको आधारभूत सुविधासहितको क्वारेन्टिन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकीको प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार