नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुग्यो
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २२:४३:६
१८ जेठ, काठमाडौं । नेपालमा काेराेना भाइरसबाट संक्रमितको संख्या एक हजार ५ सय ६७ पुगेको छ। गत २४ घण्टामा थप १६६ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै २२० जना निको भएर घर फर्किसकेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् । शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो ।
आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ५६७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये पुरुष एक हजार ४५० र महिला ११७ जना रहेका छन । आज देखिएकामध्ये नयाँ जिल्ला तनहुँ, सल्यान, कालीकोट र बाजुरा रहेका छन् । नयाँ सङ्क्रमितमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका रिसिङका २८ वर्षीय र स्याङ्जा गल्याङका २७ वर्षीय र ४० वर्षीय पुरुष रहेका छन् ।
यस्तै नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती सबै पर्साका २२ देखि ३६ वर्षका पुरुष रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा ३७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये कालीकोटका शुभकालीका १३ जना १९ देखि ५२ वर्षीय पुरुष, कालीकोटकै महैवका पाँचजना २० देखि ४२ वर्षीय पुरुष रहेका छन् । यस्तै दैलेख दुल्लुका एकजना ३५ वर्षीय पुरुष, दैलेख नारायणनगरपालिकाका नौजना १६ देखि ४८ वर्षीय पुरुष रहेका छन् । दैलेख चिम्दाका एकजना २६ वर्षीय पुरुष, दैलेख देवलका पाँचजना १८ देखि २२ वर्षीय पुरुष, दैलेख रातापानीका ३८ वर्षीयका एकजना पुरुष, दैलेख सादुका २२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बाजुरा जुजुनाथका ४० वर्षीयका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सल्यान कुपण्डेका २५ जना ११ देखि ६० वर्षका सबै पुरुष रहेका छन् । यस्तै सुर्खेत बराहतालका एकजना चार महिनाका बालिका रहेकी छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका एकजना ३२ वर्षीय पुरुष रहेका छन् । यस्तै भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आठजना पुरुषमा सङ्क्रमण देखिएको छ । ती नरैनापुरका दुईजना २१ र २५ वर्षीय पुरुष, खजुराका ३० वर्षीय पुरुष र नेपालगञ्जका चारजना १६ देखि ४२ वर्षका पुरुष र बैजनाथ गाउँपालिकाका एकजना ३५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । ती सबै सप्तरी राजगढका १७ देखि ४५ वर्षका पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती कैलाली भजनीका २३ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुष, धनगढी त्रिनगरका एकजना ४७ वर्षीय पुरुष र बाजुराका दुई वर्षीय बालिका र २३ वर्षीय महिला रहेका छन् ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती सबै झापा गौरीगञ्जका चारजना २३ देखि ३९ वर्षका पुरुष र मोरङ विराटनगरका ४५ वर्षीया महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । ती धनुषाका २१ जना १९ देखि ४६ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु महाराजगञ्जका चारजना २५ देखि ४१ वर्षका पुरुष रहेका छन् ।
यसैगरी रौतहटका २९ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमति चार र नौ वर्षका बालकदेखि ५२ वर्षका पुरुष रहेका छन् । सर्लाहीका १० जनामा सङ्क्रमण देखिएको छ । ती एक वर्षका बालकसहित १५ देखि ५० वर्षका पुरुष रहेका छन् । सङक्रमितहरु प्रदेश नं १ का नौ जिल्लाका १६५, प्रदेश नं २ का सबै आठ जिल्लाका ६२४, वाग्मती प्रदेशमा १२ जिल्लाका ४५, गण्डकी प्रदेशमा ६ जिल्लाका २३, प्रदेश नं ५ का नौ जिल्लाका ५६०, कर्णाली प्रदेशमा पाँच जिल्लाका १२३ र सुदूरपश्चिम प्रदेशमा आज जिल्लाका २७ जना रहेका छन् । कोभिड–१९ को सङ्क्रमितबाट पूर्णरुपमा निको हुनेको सङ्ख्या २२० पुगेको छ । तीमध्ये १७२ पुरुष र ४८ जना महिला रहेका छन ।
थप दुईजना कोभिड–१९ बाट मृत्यु
कोभिड–१९ बाट आज थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेख र बाजुरामा एक एकजनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दैलेखका दुल्लू नगरपालिका–११ का ३५ वर्षीय पुरुष स्थानीय विद्युत् प्राधिकरणको क्यारेन्टिनमा बसेको मृत्यु भएको थियो । उनको स्वाब सङ्कलन गरेर रिपोर्टमा सङ्क्रमण देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । उनको हिजो निधन भएको थियो ।
यस्तै बाजुरा जिल्लामा पनि मृत्यु भएकी दुई वर्षीय बालिका पनि सङ्क्रमण भएको पुष्टि भएको छ । बालिकामा ज्वरो, झाडाबान्ता र श्वासप्रश्वासमा समस्या आएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको उनले बताए । बालिकाको यही जेठ १६ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको थियो । बालिकाको आजै बिहान २ः३० बजे निधन भएको थियो । उनका अनुसार बालिका गत जेठ १० गते आमाबुबासहित नेपाल आएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार