विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ
नेपालबहस संवाददाता
जेठ १८, २०७७ सोमबार ३:१:२६
१८ जेठ, काठमाडौं । विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् । राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी युवा जगतमा धुम्रपानको कुलत हटाउनुपर्नेमा जोड दिएको छ ।
“हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सूर्तीजन्य पदार्थको सेवन शुरू गरिसकेका छन्,” डब्लुएचओले बालबालिका तथा युवाहरूको कुलतबारे भनेको छ । डब्लुएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणको बारेमा सचेतना दिन विशेष सुत्रको प्रयोग गरेको थियो ।
डब्लुएचओले भनेको छ,“सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सूर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत रहने गरेको भेटिएको छ । उद्योगहरूले प्रतिवर्ष धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न समस्या आई मृत्यु हुने आठ करोड व्यक्तिको वदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।”
कोभिड–१९ का कारण आएको विश्वव्यापी महामारीमा पनि सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती र निकोटिनजन्य अन्य पदार्थको उत्पादन गर्ने उद्योगले आफ्ना उत्पादनलाई बजारमा पठाउने क्रम जारी रहेको बताइएको छ । साथै यस्ता कुलतजन्य पदार्थका कारण मानिसको कोरोना भाइरसविरूद्ध लड्ने शक्तिलाई कमी गर्ने विश्व स्वास्थ्य संगठनको दावी रहेको छ ।
“धुम्रपान वा सुर्ती सेवन गर्ने हरेक १० व्यक्तिमध्ये नौ जनाले आफु १८ वर्ष पुग्नुपहिले यो कुलतमा लाग्ने गरेकोले यस वर्गलाई लक्षित गरी जनचेतनामुलक कार्यक्रम गरी युवाहरूमा धुम्रपानविरोधी भावना जागृत गर्नु अनिवार्य भएको छ,” विश्व स्वस्थ्य संगठनका जनस्वास्थ्य कार्यक्रमका निर्देशक रूइदिगर क्रेचले बताए ।
धुम्रपानजस्ता कुलतमा फस्न नदिन किशोरकिशोरीलाई उनीहरूको १३–१७ वर्ष उमेर समूहमा सचेतना वृद्धि गर्दै निगरानी बढाउनु आवश्यक भएको उनले बताए । उनले भने,“परम्परागत चुरोटको सट्टामा इलेक्ट्रिक–चुरोट, हुक्का पाइपजस्ता “तुलनात्मकरूपमा सुरक्षित” भनिएका विकल्प दिइएको भएपनि यो पनि हानिकारक तथा कुलत निम्त्याउने र अन्त्यमा मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगहरूको खतरा हुने बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बबलगम, क्यान्डी, चुरोट, सुर्ती लगायतका १५ हजार भिन्नभिन्न स्वादका सुर्तीजन्य पदार्थको विक्री हुने गरेको छ । बबलगम र क्यान्डीहरूले युवाहरूलाई क्रमशः गम्भीर खालका निकोटिनजन्य सामानको उपयोग गर्न प्रेरित गर्ने गरेको पनि जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार