सरकार ! कि खान दे, कि काममा जान दे
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १४:५९:३२
पुष्पराज खड्का
१९ जेठ, काठमाडौं । साराविश्व कोरोनाको माहामारीमा छ, मचैं कसरी अछुतो रहन सक्छु र यस बाट ? गाँस, बास र गरिबीविरुद्ध लड्न र चरम बेरोजगारीले देश छोड्न बाध्य भएका लाखौँको सङख्या गनिने परदेशी नेपालीहरुमा म पनि एक जोडिएको छु । कोरोना माहामारीले गर्दा विदेशमा अलपत्र पर्ने, रोजगारी गुम्ने, रोगबाट संक्रमित हुन सक्ने र ज्यानै गुमाउनु पर्ने यी सबै खाले खतराहरुबाट म पनि मुक्त भइसकेको छैन । त्यसै पनि विदेशमा माहामारीबाट संक्रमित हुने र मृत्यु हुने नेपालीको सङ्ख्या डर लाग्दो छ ।
हो, पक्कै हो, गल्ती हाम्रै हो । तर, हाम्रो यही गल्ती देशका शासकहरुलाई भने राजनीति गरि खाने भाँडो भएको छ । विदेशको रेमिट्यान्सले देश चलेको छ भनेर भाषण गरेर नथाक्नेहरुको मुख बन्द छ । आजकाल, अर्थमन्त्रीको ३४२ बुँदाको बजेट भाषणमा कहींकतै पनि रेमिटेन्सकाबारे चर्चा भएन, होस पनि किन ? अब रेमिटेन्स आफै मर्दैछ धमाधम अनि केही नपाइने देख्दा–देख्दै कसले पो गुनगान गाउँथ्यो र त्यो चिजहरुको ? झन यो माहामारीले गर्दा विदेश रहेका सबै नेपाली देश फर्कनै पर्ने अवस्था आओस त हाम्रो सरकारले स्वदेश फर्कनसमेत इजाजत (भीसा) चाहिन्छ भन्न बेर लगाउँदैन । किन कि विदेशिएका सबै नेपाली एक्कै पटक घर फर्किए भने अरु भन्दा पहिले देशमा भोकमारी चल्छ ।
मानिसहरुमा मनोवैज्ञानिक रुपमा डर र त्रासको अवस्था बढिरहेकै छ । विशेष गरी गरिबी र बेरोजगारीसँग जुध्न आफ्नो श्रम र पसिना उस्तै परे रगत बगाउन पनि तयार भई विदेशीएका युवाहरु, अझै भन्नु पर्दा श्रमिक योद्धाहरु खाडी मुलुकमा धेरै छन् । अनि ती धेरै मध्यको एक मै हुँ । अहिलेसम्म आफु जुन अवस्थामा रहेपनि परदेशमा रहेका नेपालीहरु कहीँकतै, कुनै रुपमा यस माहामारीबाट दुःख, त्रास र समस्यामा परेको सुन्नु पर्दा मन झनै दुखित हुन्छ ।
हुन त अहिलेको अवस्थामा हामीले परदेशमा दुःख र सास्ती भोग्नु पर्नाको मुख्य कारण हामी आफै नै हौं । हामीले देशमै रहेर गरिबी, अभाव र बेरोजगारीसँग पङ्गा लिन सकेनौं, हामी हाऱ्यौँ र त अहिले संकटमा पर्दा पनि जीवन नै जोखिममा राखेर अभिवावक बिहिनभरइ अलाप–विलाप गरेर बाँच्नु पर्ने अवस्थामा छौँ । हो, पक्कै हो, गल्ती हाम्रै हो । तर, हाम्रो यही गल्ती देशका शासकहरुलाई भने राजनीति गरि खाने भाँडो भएको छ । विदेशको रेमिट्यान्सले देश चलेको छ भनेर भाषण गरेर नथाक्नेहरुको मुख बन्द छ । आजकाल, अर्थमन्त्रीको ३४२ बुँदाको बजेट भाषणमा कहींकतै पनि रेमिटेन्सकाबारे चर्चा भएन, होस पनि किन ? अब रेमिटेन्स आफै मर्दैछ धमाधम अनि केही नपाइने देख्दा–देख्दै कसले पो गुनगान गाउँथ्यो र त्यो चिजहरुको ? झन यो माहामारीले गर्दा विदेश रहेका सबै नेपाली देश फर्कनै पर्ने अवस्था आओस त हाम्रो सरकारले स्वदेश फर्कनसमेत इजाजत (भीसा) चाहिन्छ भन्न बेर लगाउँदैन । किन कि विदेशिएका सबै नेपाली एक्कै पटक घर फर्किए भने अरु भन्दा पहिले देशमा भोकमारी चल्छ । भोकमारी नै चलिसके पछि अरु के–के चल्ला भनेर सोच्नै परेन, जे भए पनि विदेशिको समस्या पार लाग्यो भने देशमै गएर आफ्नै माटोमा रमाउने र त्यहीं रगत, पसिना बगाउन पाउने आश अझैसम्म मरिसकेकै भने छैन । तर, त्यसका लागी देशको हालत र सरकारको गतिमती ठीक ठाउँमा त हुनु पर्यो नि होइन र ? नभए घरै पिँडालु, वनै पिँडालु ससुरवाली जाँदा झनै बाह्र हाते पिँडालु भने जस्तो हुने भयो नी । देशमा लकडाउन भएको २ महिना बढी भैसक्दासमेत सरकारले न विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काउन सक्यो, बल्ल आजभोलि सुरसारमा छ सरकार । तर, कछुवा गति चालले कहिले काम बन्छ कि त दैव जानुन कि त हाम्रो दुई तिहाईको जुङ्गे मुठे ओली सरकार नै जान्ला ।
र याे पनि … प्रधानमन्त्रीज्यू ! लकडाउनको औचित्य पुष्टि गर्नुहाेस्
विदेशमा कमाएको पैसाले बन्द रहेको मेरो घरमा बाल्दै नबालेको विजुलीको महसुल तिर्नु पर्छ मैलै । जन्मेको र मरेको अनि यसो–उसो सबै गरेको सिफारिसका दस्तुरहरुका शुल्क तिर्नु पर्छ । गाउँ–गाउँका सिंहदरबारहरुमा, कुनै राहत र सहयोग आए जहाँ–तहीँ टाठा–बाठाहरु पहिल्यै आँ गरेर बसेकै हुन्छन् । स्थानिय निकायको ठेक्का लिएर बसेका सिंहहरुनै राहतभोगाधिकार गर्ने पहिलो सुचिमा पर्छन् । अनि यत्रो लकडाउनमा म जस्ता लाखौँ नेपालीहरुले विदेशबाट पैसा पठाउन नसक्दा उनिहरुको रोग, भोक र गरिबीबाट पिल्सिएको, लकडाउनले थलिएका परिवारको चुल्लो कसरी बल्छ ? कसले बालिदिन्छ सरकार ? सरकारले त जताततै राम्रै–राम्रो गरेको देख्छ, ठिकठाक नै देख्छ तर देशमा रहेका गरिब, विपन्न, रोगी, असहाय, श्रमिक र मजदुर अब चैं कोरोना लाग्नु भन्दा पहिले नै भोकको सिकार हुने भैसके । सरकारलाई लकडाउन कोरोना रोक्ने भन्दा पनि सरकार जोगाउने र आफ्नो प्रतिरक्षा गर्ने हतियार भएको छ । पैसा खर्च गरेर गर्नु पर्ने कुनै काम सही र पारदर्शी ढङ्ले गर्न सक्दैन सरकार । पाइलै बिच्छे कमिशन र अनियमिततामा मस्त छ । त्यसकै पक्ष पोषण गर्न जिउ–ज्यान दिन्छ कम्यूनिस्ट भनाउँदो सरकार अनि कोरोना रोक्ने बहनामा सित्तैमा गर्न मिल्ने काम भनेको त्यही लकडाउन त बाँकी रह्यो । कोरोना संक्रमण भुषको आगो सरी हुँदै छ ।
मन्त्री, भिभिआइपी र सरकारका सम्पुर्ण कर्मचारीहरुको घर बसीबसी पनि तलब पाकेकै छ । उनीहरुलाई मुड फ्रेस गर्नुपरे अगाडि पछाडि स्कर्टिङ सहित खुल्ल रहेको सडकमा सयर गर्न पाएकै छन् । मद–मदिरामा मस्त डकारेर जीन्दगी काटेकै छन् । अनि दैनिक ज्यालादारी गरेर बालबच्चा पाल्ने, घर–परिवार चलाउनेहरुको अहिलेसम्म के हाल भैसक्यो ? कसरी व्यवहार चलेको होला ?? केही हेक्का होला यो सरकारलाई ?? व्यापार–व्यवसाय र जागीर ठप्पै, गरिब किसानका तरकारी बारामै मल अनि कोठा भाडा, बन्द पसलको भाडा, पानी, बत्ति र फोहोरको पैसा अनि बिहान र बेलुका के को पैसाले किनेर खाने सरकार । कि खान दे अब कि काममा जान दे ।
यतिका समयसम्म न पर्याप्त र व्यवस्थित क्वारेन्टाइन बनाउँछ सरकार न संक्रमण बढ्न सक्ने संभावनालाई बुझेर आवश्यक आइसोलेसन वेडको अस्पताल नै तयार गर्छ । न, अग्रपंत्तिमा रही अहोरात्र खटेर काम गर्ने स्वास्थ्यकर्मीहरु र सुरक्षामा खटिनेलाई प्रोत्साहन गर्न नै सकेको छ । मान्छे मरे पछि बल्ल कोरोना परिक्षण हुन्छ, कतै किट अभाव कतै भटीयम, संक्रमण पुष्टि भइसक्दासमेत बिरामी घरमै बस्नु पर्ने, अझ कोरोना पुष्टि भएका व्यक्ति गोठमा राखिएको समाचार सुन्न पाउनु कति लाजमर्दो कुरा छ । यसबाट उदाङ्गो हुन र सरकार माहामारीविरुद्ध कस्तो हालतमा लरखराउदै छ, भगवान भरोसामा भन्ने कुरा ? कोरोना संक्रमण रोक्न प्रभावकारी ढङ्गले गर्नु पर्ने एउटै पनि काम गर्न नसक्ने नालायक सरकार कुन नैतिकताले लकडाउन थपेको थप्पै गर्दै छ ??
सबै समस्याको बिस्कुन छरेर लकडाउन मात्रै थप्ने सरकारको निर्णय अब जनताले मान्ने वाला छैनन्, यतिका लामो पुर्ण लकडाउनको पालना गरेर घरमै बसेका जनता अब सरकारको लाचारी विरुद्ध, भोक र अभावविरुद्ध सडकमा निस्कन बाध्य हुँदै छन् । मन्त्री, भिभिआइपी र सरकारका सम्पुर्ण कर्मचारीहरुको घर बसीबसी पनि तलब पाकेकै छ । उनीहरुलाई मुड फ्रेस गर्नुपरे अगाडि पछाडि स्कर्टिङ सहित खुल्ल रहेको सडकमा सयर गर्न पाएकै छन् । मद–मदिरामा मस्त डकारेर जीन्दगी काटेकै छन् । अनि दैनिक ज्यालादारी गरेर बालबच्चा पाल्ने, घर–परिवार चलाउनेहरुको अहिलेसम्म के हाल भैसक्यो ? कसरी व्यवहार चलेको होला ?? केही हेक्का होला यो सरकारलाई ?? व्यापार–व्यवसाय र जागीर ठप्पै, गरिब किसानका तरकारी बारामै मल अनि कोठा भाडा, बन्द पसलको भाडा, पानी, बत्ति र फोहोरको पैसा अनि बिहान र बेलुका के को पैसाले किनेर खाने सरकार । कि खान दे अब कि काममा जान दे । कोरोना रोक्न अरु के–के गर्नु पर्ने हो सब गर सरकार, भो अब नागरिकाको ढोका बन्द नगर । अब लकडाउनको राजनीति, रोगले यसै पनि मर्छन्, मर्नेछन् तर अब मेरो घर–परिवार अनि गरिब–मजदुर र ज्यालादारीको भरमा बाँच्ने श्रमजिवी जनतालाई भोकै नमार सरकार, भोकै नमार ! जय जनता !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार