ऐतिहासिक मिसनमा रहेका अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्र प्रवेश
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १६:११:१८
१९ जेठ, एजेन्सी । दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको छ । अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कनसहितको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ‘आईएसएस’मा प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो । ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरिरहेको छ । सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको हो ।
चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका हुन् । हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको शनिबार राति अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो । यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार