घुस नपाएपछि जनप्रतिनिधि नै गुण्डागर्दीमा उत्रे
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १९:२३:५७
१९ जेठ, बीरगञ्ज । देश अढाई महिनादेखि लकडाउनमा छ । सर्वसाधारण जनजीवन चलाउनै नसक्ने गरी थला परेको अवस्था छ । उद्योगधन्दा ठप्प छन् । सीमित उद्योग ठूलो जोखिम मोलेर सञ्चालनमा छन् । तर तिनै उद्योग अहिले जनप्रतिनिधिको भेषमा रहेका केही गुण्डाहरुसँग प्रताडित भइरहेका छन् ।
लकडाउनका बेला एकजना कथित जनप्रतिनिधि भने राहतको नाममा पैसा उठाउने धन्दामा सक्रिय भएको खबर छ । यस्तै उदण्ड व्यवहार देखाउनेमा रहेका छन्– बारा जितपुर सिमरा वडा नं ५ का वडाध्यक्ष मोहित चौधरी । गएराति वडाध्यक्ष चौधरीले करिब दुई दर्जन गुण्डा दलबलसहित बकुलियास्थित एडभान्स सिमेण्ट फ्याक्ट्री अगाडि कच्चा पदार्थ क्लिंकर लिएर आएको ट्रक ड्राइभर र सहचालकसहित कर्मचारीमाथि हातपात गरेका छन् ।
वडाध्यक्ष चौधरीसहितको गुण्डा दस्ताले चालक र कर्मचारीसँग पैसा मागेका थिए । तर उनीहरुले दिन अस्वीकार गर्दा वडाध्यक्ष चौधरी आफैं कुटपिटमा ओर्लिए । साथै, कर्मचारीको साथमा रहेको अढाई लाख रुपैयाँ लुटेर लगेको कम्पनीले दावी गरेको छ । यसअघि पनि चौधरीले सो उद्योगसँग पटक पटक पैसा माग्ने गरेको एक कर्मचारीले बताएका छन् ।
उद्योगका प्रशासकीय अधिकृत देवीलाल थापाका अनुसार, वडाध्यक्ष चौधरी यस्तै गरी गुण्डादलका साथ आएर धम्क्याएर पैसा लैजानेमा पर्छन् । वडाध्यक्ष चौधरीको यस्तो व्यवहारले उद्योग सञ्चालनमै वाधा परेको पनि अधिकृत थापाले बताए । हिजो राति पनि वडाध्यक्ष चौधरीले स्वयं गुण्डाका साथ आएर पैसा मागेको आरोप लगाउँदै अधिकृत थापाले भने– उद्योगका एकजना ओभरसियरसहित ट्रकका चालक र सहचालकमाथि हातपात गरे ।
वडाध्यक्ष चौधरीको यस्तो व्यवहारबाट आजित भएपछि उनी विरुद्ध उजुरी दिन ईलाका प्रहरी कार्यालय सिमरामा जाँदा उजुरी नै नलिइएको पनि थापाले बताए । उल्टै मिलापत्र गर्न प्रहरीले दबाव दिएको पनि उनले बताए । घटना सार्वजनिक भएपछि वडाध्यक्ष चौधरी आत्तिएका छन् ।
आफ्नो अपराधकर्म ढाकछोप गर्न चौधरीले आज बिहान फेसबुक पेजमा उल्टो आरोप लगाएका छन् । फेसबुक पेजमा उनी लेख्छन्– एडभान्स सिमेन्टका सञ्चालकले चोरबाटो भएर रातको समयमा रोडको क्षमता भन्दा बढी ४० टन भन्दा बढी माल लोड गरी ल्याइएको रहेछ । कोभिड–१९ का बेला लकडाउनको पालना नगरी ल्याइएको गाडीलाई वडाध्यक्ष मोहित चौधरी र सदस्य लक्ष्मण चौधरीसहितको टिमले नियन्त्रणमा लिएका हुन् । साथै, भारतीय नम्बर प्लेटको उक्त कन्टेनर पक्राउ गरी कारबाही गरिएको दावी उनले फेसबुकमार्फत गरेका छन् ।
तर, चौधरीको स्वभाव भने त्यस्तो नरहेको स्थानीयको दावी छ । भ्रष्ट चरित्र भएका चौधरीले आफ्नो कर्तुत सार्वजनिक भएपछि मात्रै फेसबुकमा यस्तो टिप्पणी गरेको स्थानीयको भनाई छ । वडमध्यक्ष चौधरीले सो क्षेत्रका अन्य उद्योगहरुसँग पनि विभिन्न वहानामा घुस रकम असुल्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार