सप्तरीको संक्रमित प्रथम युवकको पीसीआर रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार १:४१:४४
◊ धीरुभाइ
२० जेठ, सप्तरी । सप्तरीको कोरोना संक्रमित प्रथम युवकको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । गत बैशाख २९ गते संक्रमित भइ राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारत युवकको स्वाब संकलन गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. चुमनलाल दासका अनुसार उनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका १८ वर्षीय युवक जिल्लाको प्रथम संक्रमित हुन । उनको दोस्रो पटकको स्वाव रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने मेसु दासले बताए । संक्रमण भएदेखि नै युवकमा कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको उनले एक-दुई दिन भित्रै दोस्रो स्वाब परीक्षण गर्ने बताए ।
चितवनमा मजदुरी गर्दै बैशाख ९ गते १३ जनाको समूहमा पैदल, ट्रक सवारी साधन प्रयोग गरी आइपुगेका युवकलाई डाक्नेश्वरी नगरपालिकाले सञ्चालन गरेको चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो । २५ गते स्वास्थ्य कार्यालयले उनीसहित सात जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । बैशाख २९ गते त्यहाँबाट पठाइएको रिपोर्टमा युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
युवकको १९ दिन क्वाराइन्टेनमा बसेपछि बैशाख २५ गते संक्रमित युवकसहित सात जनाको स्वाब संकलन र छ जनाको आरडीटी परीक्षण गरिएको थियो । ती सात जनाको स्वाब रिपोर्ट नआउँदै युवकसहितलाई २८ गते घर पठाइएको थियो । युवक क्वारेन्टाइनमा बस्दा र घर फर्किएपछि सिधा सम्पर्कमा आएका दुई महिलासहित २३ जनाको ३० गते थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । पीसीआरको रिपोर्ट नआउँदासम्म ती २३ जनालाई पातो स्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमित युवकको सिधा सम्पर्कमा आएका आमाबाबु, हजुरआमा, उनीसहित चितवनबाट १३ जनाको समूहमा आएकामध्ये १२, क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यहिबेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु सबै रिपोर्टमा कोरोना पुष्टि भएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार