तुलसीपुर कारागारमा एक कैदीको मृत्यु
Advertisement

२० जेठ, रुकुम । रुकुम पश्चिमको चौरजहारी घटनामा बेपत्ता छैटौ युवाको शब पनि भेटिएको छ । जाजरकोट रानागाउँका गोविन्द शाहीको शव भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए ।

उनको शब भेटिएसँगै रुकुम सोतीको घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि नवराज विक, लोकेन्द्र सुनार, टीकाराम सुनार, सञ्जु विक र गणेश बुढाको शब भेटिएको थियो । विवाहका लागि युवतीलाई भगाउन सोती गएका जाजरकोट रानागाउँका नवराज विकसहित ६ जनालाई युवतीका आफन्त तथा सोतीका वडाध्यक्ष डम्बर मल्ल लगायतले कुटपिट गरी हत्या गरेका थिए ।

हत्यापछि उनीहरुलाई भेरी नदीमा फालिएको स्थानीयको भनाई छ । तर आरोपित पक्षले भने लखेट्दा उनीहरुले ज्यान जोगाउन भेरीमा हाम फालेको दाबी गर्दै आएका छन । प्रहरीले वडाध्यक्ष मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here