राजतन्त्रको माहोल बनाउँदै प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २०:३६:४८
२१ जेठ, काठमाडौं । झण्डै साढे दुई महिनादेखिको लकडाउनले आजित भएका नेपाली अब यसको अवज्ञातिर अग्रसर भएका छन् । प्रधानमन्त्री केपी ओलीले लकडाउनलाई उपयोग भन्दा सत्ता राजनीतिको भाँडो बनाएको देखिएपछि नागरिक तहमा चरम आक्रोश थपिएको छ ।
फलतः देशैभरि लकडाउनको अवज्ञा हुन थालेको छ । उद्योगी व्यापारीदेखि आम नागरिकको जनजीवन नै अस्तव्यस्त हुनेगरी निरन्तर जारी लकडाउनले कोरोना नियन्त्रणमा कुनै काम नगरेको प्रष्ट भएपछि जनतामा यस्तो भावना आएको हो । हिजै मात्र उपप्रधानमन्त्रीसमेत रहेका कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसँग निजी क्षेत्रका उद्योगी व्यावसायीले लकडाउनको विकल्प खोज्न दवाव दिएका थिए ।
भोलिपल्टैबाट लकडाउन पनि अवज्ञा हुन थाल्यो । त्यसैले आज साँझ ४ बजे प्रधानमन्त्री केपी ओलीले विज्ञहरुसँग सल्लाह गरी मोडालिटी परिवर्तन गर्ने आश्वासन दिएका छन् । तर ओली निकट स्रोत भन्छ– कम्तिमा जेठ ३२ सम्म घोषित लकडाउन यथास्थितिमा रहन्छ । किनभने कोरोना संक्रमण भयावह बन्दैछ । प्रधानमन्त्री मानव जीवनभन्दा आर्थिक गतिविधि ठूलो हो भन्ने पक्षमा हुनुहुन्न ।
उनको यो भनाईले के पुष्टि गर्छ भने प्रधानमन्त्री ओली राजनीतिक रुपमा अझै सुरक्षित छैनन् । त्यसैले जेठ मसान्तसम्म मिलाउने म्याद माग्दैछन् । आज साँझ उनले बोलाएका विज्ञहरुमध्ये केहीले ओलीकै बोली बोल्ने अनुमान गर्न सकिन्छ । त्यसैलाई औंल्याएर ओलीले लकडाउनको औचित्य पुष्टि गर्ने प्रयास गर्नेछन् ।
लकडाउन त देखाउने दाँत मात्र हो, भित्री मकसद भनेको सत्ता राजनीति नै हो । ओली आफू सुरक्षित नभएसम्म कुनै न कुनै फण्डा झिकेर भएपनि लकडाउन लम्ब्याउने यत्नमा रहेको बुझ्न अब कठिन छैन । सत्ता आफ्नो हातबाट उम्काएर पार्टीमा अरु कसैलाई दिन उनी चाहँदैनन् । बरु अवस्था नियन्त्रण बाहिर गयो भने उनी देशमा राजतन्त्र नै ब्यूँताउने पक्षमा रहेको निकट स्रोत बताउँछ ।
भारतसँगको सीमा विवाद होस् वा पार्टीभित्रको अन्तद्वन्द्व सबै कोणबाट ओली अत्तालिएको प्रतीत हुन्छ । जनतालाई जानाजान सरकार र व्यवस्थाप्रति असंन्तुष्ट बनाएर होस् वा उद्योगी व्यापारीलाई चिढ्याएर होस्, अझ भनौं सबै वर्ग र क्षेत्रलाई सरकारप्रति वितृष्णा जगाउने र निराश बनाउनेमा यतिबेला प्रधानमन्त्री ओलीसहितको टीम निरन्तर अग्रसर हुँदै आएको छ । उनी भारतीय पक्षको संलग्नतामा राजालाई पुनस्थापना गर्नसमेत तयार रहेको केहीको बुझाई छ ।
हुनपनि ओली विगतदेखि नै गणतन्त्र विरोधी हुन् । २०६२/०६३ को आन्दोलन ताका ओलीले बयलगाढा चढेर अमेरिका पुग्नु र सडकमा उफ्रेर गणतन्त्र प्राप्त गर्नु उस्तै भएको टिप्पणी गरेका थिए । उता, अहिलेको परिस्थितिमा पूर्व माओवादीकै कारण भारतसँगको सम्बन्ध बिग्रेको ठहर भारतीय जनता पार्टी निकट नेताहरुको छ । त्यसैले ओलीलाई माओवादी चँगुलबाट बाहिर निकालेर अनुकूल निर्णय गर्न सकिने उसको दाउ छ । यसका लागि विकल्पमा हिन्दू नरेशका रुपमा राजतन्त्र फर्काउने पहल थालिएको बुझिन्छ ।
केही अघि मात्रै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा राजसंस्था ब्यूँताउनुपर्ने राय प्रकट गरेका थिए । त्यसैले मुलुकको परिस्थिति हेर्दा ओली नै नेपालमा राजतन्त्र ब्यूँताउने पक्षमा सक्रिय भएका त छैनन् भन्ने प्रश्न गर्ने ठाउँ रहेको छ । यी सबै प्रश्नको उत्तर आगामी केही दिनमा सबै नेपालीले बुझ्ने गरी पाउने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार