दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २१:३९:२०
२१ जेठ, एजेन्सी । दक्षिण कोरियाले कोरोना भाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोना भाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।
संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ । त्यसलगत्तै जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ । दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयमा निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ । तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन ।
दक्षिण कोरियामा कोरोना भाइरसबाट हालसम्म ११ हजार ५९० जना संक्रमित भएका र २७३ जनाको मृत्यु भएको छ । अहिले पनि करिब ८०० जना बिरामी व्यक्तिहरु अस्पतालहरुमा उपचार गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार