स्याङ्जामा सञ्चार सुविधाको आइसोलेसन अस्पताल
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २३:४५:३०
♦ प्रकाश डोटेल
२१ जेठ, स्याङ्जा । स्याङ्जामा कालिका सामुदायिक अस्पताल सञ्चार सुविधासहित आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । टेलिभिजन हेर्ने, वाईफाइ चलाउने सुविधासहित सीसी क्यामेराको निगरानीमा सेन्टर संचालनमा आएको हो ।
भीरकोट नगरपालिका–१ हेलुमा रहेको अस्पतालमा ६० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । सञ्चार सुविधासहित १६ शैया महिलाका लागि र ४४ शैया पुरुषका लागि तयार पारिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सामुदायिक अस्पतालमा आसोलेसन तयार पारिएको छ ।
एकसाताको अवधिमा १२ जनामा कोरोना संक्रमित भएपछि स्थानीयले चासो बढाएपछि सेन्टर संचालनमा आएको छ । स्याङजा जिल्ला अस्पतालमा १० बनाइको शैयाको आइसोलेसन वार्ड पर्याप्त नभएपछि कालिका अस्पतालमा शैया निर्माण गरिएको छ । जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै शैया अभावले एक संक्रमित महिलालाई पोखरामा पठाउन बाध्यता सृजना भएको थियो ।
पछिल्लो पटक संक्रमित भेटिएका ५ जनालाई कालिकाकै आसोलेसनमा राखिएको छ । चापाकोट र बिरुवाका उनीहरु मंगलबार साँझ सेन्टरमा ल्याइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार आइसोलेसन सेन्टर निर्माणका लागि अस्पताल व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, प्रशासन, जिल्लाका स्थानीय तह र प्रदेश सरकारको सहयोग छ ।
जिल्लाको मध्यभागमा रहेको अस्पतालमा (कोभिड–१९) संक्रमित राख्न आइसोलेसन शैया बिस्तार गर्ने योजनाले जिल्लाबासीलाई राहतको अनुभूति र सुरक्षित महशुस गर्ने भीरकोट नगरप्रमुख छायाँराम खनालले विश्वास जनाए । पीसीआर परीक्षण र थप भेन्टिलेटरसहितको उपचार सेवा उपलब्ध गराउन जिल्लाका स्थानीय तह एकजुट भएर लाग्नुपर्नेमा खनालले जोड दिए ।
जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा.सुशिल मरासिनीको नेतृत्वमा चिकित्सकीय व्यवस्थापन गरिएको छ । थप जनशक्ति आवश्यक परेमा जुनसुकै स्थानीय तहले पनि उपलब्ध गराउने सहमति बनेको छ । बजार क्षेत्रभन्दा केहि टाढा शान्त वातावरण रहेको अस्पतालमा एउटा भेन्टिलेटर समेत रहेको प्रमुख डा. मरासिनीले बताए ।
जिल्लाको मध्यभागमा रहेको सो अस्पतालले २०६२ देखि स्थानीय नागरिकलाई विशेषज्ञ टोलीसहितको स्वास्थ्य सेवा प्रदान गर्दे आएको थियो । पोखरास्थित गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा अस्पताल संचालनमा रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष तोयनाथ अर्यालले जानकारी दिए ।
जिल्लाभित्र भारतबाट आउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । गण्डकी प्रदेश र स्याङ्जाको नाका रुपमा रहेको राम्दीबाट मात्रै दैनिक ४०-५० को संख्यामा आउने गरेका छन् । भारतबाट आउनेहरुलाई कीटको अभावमा आरडीटी गरिएको छैन् । उनीहरुलाई पालैपालो पीसीआर परिक्षण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार