ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार १:२६:३३
२१ जेठ, काठमाडौं । ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइबी’ को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको दुई नम्बर गणमा राखेर अनुसन्धान थालिएको उनले बताए । घटनामा संलग्न देखिएको भन्दै सिआइबीले कारवाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
अधयागमन विभागको सुरक्षामा अर्को टोली पठाइएको छ । एक हप्ताअघि नाइजेरियाका नागरिक जेबीले हिरासतबाटै अनलाइनमार्फत साथी बनाएर ठगी धन्दा चलाएको सिआइबीमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले ह्वाट्स् एपको प्रयोग गरी साथी बनाएर विभिन्न लोभ देखाई पैसा माग्ने गरेको खुल्न आएको छ ।
आफू अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए ।
त्यसरी नेपालमा पठाएको पैसा लिन कूटनीतिक पासपोर्ट भएका आफ्ना सहयोगी नेपाल आउन लागेका बेला दुबईमा अड्किएकाले उसलाई निकाल्नका लागि पैसा चाहियो भनेर एक हजार २५ डलर मागेको पाइएको सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनी नेपालमा लागुऔषध मुद्दामा ६ वर्ष जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । प्रवेषाज्ञा सकिएकाले उनलाई डिपोर्ट गरेर चैत १० गते नै पठाउन लागिएको थियो तर अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनी अध्यागमन विभागको हिरासतमा रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार