छुट्टाछुटै घटनामा एक महिलासहित तीनको मृत्यु
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १४:५३:५२
◊ धीरुभाइ
२२ जेठ सप्तरी । सप्तरीको छुट्टाछुटै घटनामा एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ जाँजरकी ४० वर्षिय पिंकी देवी यादवको मङ्गलबार राती जलेर मृत्यु भएको छ । स्थानीय रमेश यादवका ४० वर्षिय पिंकीले आफ्नै कोठामा मट्टितेल छर्केर आगोले जलेर घाइते भएकी थिईन् ।
घाइते अवस्थामा उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त घटना के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
झुण्डिएर दुई युवकको मृत्यु
यस्तै जिल्लाको तिरहुँत गाउँपालिका वडा नम्बर ३ पिपराही बस्ने उमन रजकको छोरा वर्ष २० को शंकर रजकले वार्ड नम्बर ४ डिमन स्थित बैरको रुखमा सारीको पासो लगाई झुण्डी मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी जिल्लाको शम्भुनाथ नगरपालिका वार्ड नम्बर २ खोक्सर बस्ने महाविर यादवको छोरा वर्ष २८ को मनिष कुमार यादव (तेस्रो लिंङ्गी) ले सुत्ने कोठामा सारीको पासो लगाई झुन्डी मृत्यु भएको छ । दुबै घटनाको के कति कारणले भएको हो भन्ने कुरा तत्काल नखुलेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार