सामूहिक करणी आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १५:४५:५०
२२ जेठ लहान । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका–२ निवासी २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव र सुखीपुर नगरपालिका–६ निवासी १९ वर्षीय गोलु महतोलाई पक्राउ गरेको हो ।
गोलबजार नगरपालिका–३ गागन खोला छेउमा आफूमाथि जबर्जस्ती करणी गरेर फरार भएको पीडितको उजुरीका आधारमा ती चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका चारै युवक र पीडितको स्वास्थ्य परीक्षण गराइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
त्यसैगरी भक्तपुर नगरपालिका–२ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–४ स्थायी घर भइ भक्तपुर नपा वडा नं २ व्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।फूपूफूपाजुसँग बस्दै आएकी १३ वर्षीयालाई फूपूफूपाजु गलैचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फूपाजु पुगेपछि तामाङ फरार भएका थिए ।
घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार