लकडाउनको मोडालिटी फेर्न सरकार लचिलो
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १७:११:४९
२२ जेठ, काठमाडाैं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। लकडाउनको मोडालिटीबारे छलफल गर्न बैठक बस्न लागेकाे हाे । प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल हुने भएकाे छ ।
विगत अढाई महिनादेखि निर्बिकल्प बनाइएको लकडाउनबाट आजित भई सरोकारवालाहरुले अबज्ञा गर्न थालेपछि वाध्य भएर सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको हाे । हिजैदेखि देशैभरि लकडाउनको अवज्ञा हुन थालिसकेको छ । केवल सत्ता जोगाउने अस्त्रका रुपमा मात्रै केपी ओलीले लकडाउनको दुरुपयोग गरेको भन्दै सर्वत्र असन्तोष र आक्रोश थपिएकोछ ।
हिजै साँझ लकडाउनको मोडालिटी कस्तो बनाउँदा उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग लामै छलफल गरेका थिए । छलफलमा अब लकडाउनको निरन्तरताले नयाँ समस्या थपिने भन्दै विज्ञहरुले तत्काल खुकुलो गर्न सल्लाह दिएका थिए ।
आजै मात्र नेपाल राष्ट्रिय व्यावसायी महासंघले पनि पसल व्यावसाय सञ्चालन गर्न सदस्यहरुलाई आह्वान गरेपछि राजधानीको न्यूरोड लगायत धेरै स्थानमा पसल खुलेका छन् । सरकारले पछिल्लो समय थपेको लकडाउनको समय जेठ ३२ गते सकिँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार