सत्ताधारीको कमाउने भाँडो बन्दै कोरोना कोष
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १८:१८:४२
२२ जेठ, काठमाडौं । कोरोना संक्रमण फैलिएपछि देश लकडाउनमा छ । केपी ओली नेतृत्वको सरकार कोरोना संक्रमण घटाउन पूर्णतः बिफल भएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित थपिंदैछन् । कोरोना संक्रमणलाई परास्त गर्न सरकारले ठूलो धनराशी खर्च गरेको छ । तर यसबाट न त संक्रमण नियन्त्रित भएको छ, न संक्रमितलाई राम्रो व्यवस्थापन नै गरिएको छ ।
हिजो मात्रै सरकारले कोरोना रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । सरकारले खर्च सार्वजनिक गर्दा नागरिक तहमा भने पत्यारलाग्दो टिप्पणी कहींकतै सुनिएको छैन । उच्चस्तरीय समन्वय समितिको हिजोको बैठकमा कोरोना नियन्त्रणमा सरकारले ९ अर्ब ८७ करोड खर्चको विवरण सुनाइयो । संक्रमितको उपचार, क्वारेण्टाइन निर्माण र राहत वितरणका लागि उक्त रकम खर्च गरिएको बताइरहँदा बैठकमा सहभागी मन्त्रीहरु नै जिल्ल परे ।
महामारीको आडमा सत्ताधारीहरुले चरम भ्रष्टाचार गरेको उदाहरण हो यो– डा. केसी भन्छन् । यत्तिका पैसा केमा र कस्तो प्रयोजनका लागि खर्चियो त ? उनी प्रश्न गर्छन् । खर्च गरे अनुसार संक्रमितले सेवा सुविधा पाएको भए प्रश्न उठाउन मिल्दैनथ्यो, तर क्वारेन्टाइनका नाममा भेडाबाख्रा जस्तो खाँदेर राखिएको छ भन्दै उनले यति धेरै खर्च गर्दासमेत परीक्षणको दायरा भने विस्तार नगरिएकोमा रोष प्रकट गरे ।
यतिको रकम खर्च गर्दा पनि कुनै कार्यविधि नबनाइएकोमा केही मन्त्रीले बैठकमा जिज्ञाशा राखेको स्रोतको भनाई छ । तर उनीहरुको जिज्ञाशा मेटाउने गरी कसैले जवाफ फर्काएन । बिना आधार हचुवाका भरमा आफूखुशी पैसा खर्च गर्ने प्रवृत्ति मौलाएको छ– राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । सरकार भनेको अभिभावक हो, राज्यको ढुकुटी कसरी सञ्चालन गर्ने भन्ने जिम्मेवारी उसको हो तर उल्फाको धन फुपुको श्राद्ध गर्ने प्रवृत्ति ठीक होइन– उनी भन्छन् ।
कोरोना संक्रमण फैलिएको त एक साता मात्रै भएको छ । तर १० अर्ब रुपैयाँ खर्च भइसक्यो भन्दा अबको भयावह अवस्था कस्तो होला ? कल्पना गर्नै मुश्किल छ– अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाई छ । “सत्ता र भत्ताको भरपर्दाे स्रोत बनाइयो कोरोना संक्रमण” आचार्य भन्छन्– खर्चमा कुनै पारदर्शिता छैन, न त यसको यकिन हिसाव नै छ , यो भन्दा ठूलो लुट के हुन सक्छ ?
प्रधानमन्त्री ओली र उनको संयन्त्र नै कोरोनाको भय देखाएर सत्ता लम्ब्याउन चाहन्छ– डा. केसी भन्छन् । यी लुटाहालाई अब जनताले बालुवाटारबाटै थुतेर कारबाही गर्न सक्नुपर्छ भन्दै उनले विधिको शासन नमान्नेलाई मुड्केबलकै प्रयोग गर्नुपर्ने धारणा राखे ।
केपी ओली सरकारले महामारीलाई कमाउने मौकाका रुपमा दुरुपयोग गरेको आरोप लगाउँदै विल्शेषक आचार्यले हरेक नेपालीको गाँस काटेर जम्मा भएको पैसाको खर्च बिवरण सार्वजनिक गरिनैपर्छ । यद्यपि सरकारले भने महामारी कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी उक्त रकम खर्च गरेको जानकारी दिएको छ । उच्चस्तरीय समितिका सचिब नारायणप्रसाद विडारीका अनुसार, हालसम्म कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपियाँ खर्च भएको छ ।
स्थानीय तहबाट भएको खर्चको विवरण अझै प्राप्त हुन नसकेको उनले बताए । यसबाहेक स्थानीय तहबाट गरिएको राहत वितरणसमेत जोड्दा कोरोनाका लागि सरकारी कोषबाट झण्डै ११ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ । महामारीको आडमा सत्ताधारीहरुले चरम भ्रष्टाचार गरेको उदाहरण हो यो– डा. केसी भन्छन् । यत्तिका पैसा केमा र कस्तो प्रयोजनका लागि खर्चियो त ? उनी प्रश्न गर्छन् । खर्च गरे अनुसार संक्रमितले सेवा सुविधा पाएको भए प्रश्न उठाउन मिल्दैनथ्यो, तर क्वारेन्टाइनका नाममा भेडाबाख्रा जस्तो खाँदेर राखिएको छ भन्दै उनले यति धेरै खर्च गर्दासमेत परीक्षणको दायरा भने विस्तार नगरिएकोमा रोष प्रकट गरे ।
प्रधानमन्त्री ओली र उनको संयन्त्र नै कोरोनाको भय देखाएर सत्ता लम्ब्याउन चाहन्छ– डा. केसी भन्छन् । यी लुटाहालाई अब जनताले बालुवाटारबाटै थुतेर कारबाही गर्न सक्नुपर्छ भन्दै उनले विधिको शासन नमान्नेलाई मुड्केबलकै प्रयोग गर्नुपर्ने धारणा राखे । लकडाउन लम्ब्याएर अर्थतन्त्र लगायत मानव जीवन नै अस्तव्यस्त बनाउन उद्यत् ओली सरकारले अब शासन गर्ने नैतिक धरातल नै गुमाइसकेको उनको आरोप छ ।
जनता भोकभोकै सडकमा छटपटाइरहेको छ, तर ओली भने एकोहोरो लकडाउन लम्ब्याउँदैछन्, यसैबाट पनि उनको मगजको अवस्था बुझ्न सकिन्छ– केसीले भने । १० अर्बको हिसाव खुलस्त नपार्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्लज्ज भएर बसेकोमा उनले आपत्ति जनाए । ए बाबा ! जनतालाई देखाउनै मात्र भएपनि अख्तियार भन्ने संस्थाले थोरै चल्बलाउनुपथ्र्याे नि भन्दै उनले ओलीको पाल्तु भएर संस्थाको साख नगिराउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कसैले जोरी खोजे हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार