सालकको खपेटासहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार १५:१२:५१
२३ जेठ हेटौँडा । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ४५ वर्षीय बुधवा चौधरीलाई पक्राउ गरेको हो ।
मनहरि गाउँपालिका–७ स्थित सङ्गछेफेल गुम्बाको पछाडि लामालाई बास बस्न बनाउँदै गरेको भवनमा सालकको खापेटाको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बैठाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई खानतलासी गर्दा चौधरीले बोकेको झोलाबाट ६५० ग्राम खपेटा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरिमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार