गोदावरीमा फलफूल र औषधिजन्य वृक्षरोपण गरिने
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार १८:७:४४
२३ जेठ ललितपुर । युवा जागरण पर्यावरणीय मञ्चले गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँदेखि वडा नं २ गोदामचौर सडकखण्डमा फलफूल र औषधिजन्य वृक्षरोपण गर्ने भएको छ । मञ्चले ‘विश्व वातावरण दिवस २०७७’ को अवसरमा वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गर्न लागेको हो ।
‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ बाडेगाउँबाट गोदामचौर जाने सडक वरपर ५१२ धुपी, तेजपात, पारिजात, रुद्राक्ष, चाँप र कटुस जातका वृक्षरोपण गर्न लागेको मञ्चका अध्यक्ष डा अष्टमान किसी महर्जनले बताए । उनले भने, “ सामाजिक दूरी कायम गर्दै २५ देखि ५० जनासम्म मञ्चका सदस्यलगायत नजिकैका टोलवासी मिलेर उक्त वृक्षरोपण गर्न लागेका हौँ ।” विसं २०५१ मा मञ्चको स्थापना भएदेखि आजसम्म २५ वर्ष अघिदेखि सो काम गर्दै आएको उनको भनाइ छ ।
लगभग साढे दुई किलोमिटर स्थानमा वृक्षरोपण गरिँदै छ । “ गोदावरीवासीले बोटबिरुवा रोप्छौँ भन्ने इच्छा देखाएर माग गरेमा विनाशुल्क जति पनि दिन तयार भएका छौँ ”, उनले भने, “हामीले डिभिजन वन कार्यालय ललितपुरसँग समन्वय गरी उक्त निर्णय अघि सारेका हाैँ ।” अघिल्ला वर्षमा मञ्चले वृक्षरोपणका साथै जनचेतनामूलक विभिन्न कार्यक्रम गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार