राष्ट्र बिखण्डन गर्न देउवा र ओली सहमत !
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार २२:५०:१३
♠ यज्ञप्रसाद भट्टराई
२३ जेठ, काठमाडौं । पटक–पटक राष्ट्रघातको अगुवाई गरेको मात्र हैन सिंगो प्रजातन्त्रको अन्त्येष्ठी गर्दै दरबारको दरबाजासम्म पुर्याएका शेरबहादुर देउवा अहिले मुलुक नै ध्वस्त बनाउने एमसीसीलाई संसदबाट पारित गराउन देखाएको अग्रसरताले नेपाली कांग्रेस हुँ भनेर हिंडने जो कोही पनि प्रजातन्त्रका जिउँदा सेनानीहरुलाई समेत कुरीकुरीसहितको हिनताबोधले मरेतुल्य बनाई दिएको छ ।
माहाकाली सन्धि तथा पञ्चेश्वर परियोजनामा भारतको ज्वाँई बनेर दाईजो लिन भ्याएका देउवा र त्यसबेलाका यिनैका मतियार देखिएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा मुलुक बिखण्डन र राष्ट्रियता कमजोर पार्ने बिषयमा भने मतऐक्यता रहेको देखिन्छ । जनतालाई झुक्याएर जनताको जनमत लिएर नेता बनेका देखावटी राष्ट्रवादीहरुले तिनै जनताको भावना र चाहनाको कदर भने गरेको कहीं कतै देखिएन ।
एमसीसी सिंगो नेपाल र आम नेपालीका लागि ठिक रहेन छ, यसले वास्तबमै देशको भलो गर्ने सोच राखेको रहेनछ, यसलाई हामीले ग्रहण गर्नु भनेको कालका मुखमा पुगेर प्राण दान माग्नु जस्तै रहेछ, हामीले यसका संझौतामा बुँदा–बुँदा पढी सक्यौं भनेर नागरिकहरु तातो घाममा सडकमा आएर सरकारलाई खबरदारी गरिरहेका बेलामा, सरकारलाई यस्तो राष्ट्रघाती काम गर्नका लागि आप्mनो हात नउठाऔं, आफ्नो देशको मसी खर्च नगर, सिंगो देशको विरुद्धमा बिद्रोहको बिगुल नफुक भनेर जताई रहेको बेलामा, सरकारमा सामेल दलकै आधा भन्दा बढी सदस्यहरु समेत यस बिषयलाई लिएर पार्टी भित्रै असमझदारी देखिएका, सम्झौताका बुँदाहरु संशोधन नगरी जस्ताको त्यस्तै पारित गर्न हुन्न है भनेर आप्mनै दलका नेतालाई सुझाई रहेको अवस्थामा यि दुई नेताको गठ जोडले भने नेपथ्यमा थुप्रै खिचडी पाकिरहेको भन्ने आशंकाहरु उब्जाएका छन् ।
नेपाली कांग्रेस भित्रको राष्ट्रबादी शक्ति यिनै देउवा र देउवा गुटका केही हनुमानहरुका कारण ओझेलमा पर्दै आईरहेको छ । देशलाई बर्बादीको अवस्थामा धकेलेर मुलुकलाई दश बर्षे हिंसात्मक तथा ध्वँसात्मक आन्दोलनमा जान बाध्य पार्ने योजनाका योजनाकार देउवा स्वयं त्यसबेला अमेरिकाको निर्देशनमै यि सबै काम गराएका रहेछन् भन्ने अहिले कम्यूनिष्टका एजेण्डामा यिनले देखाएको सहिष्णुताले प्रष्ट पार्दै ल्याईरहेको छ । मुलुकमा चलेको दश बर्षे हिंसात्मक तथा ध्वँसात्मक आन्दोलनका कारण हजारौं जनताले ज्यान गुमाउनु मात्रै परेन दशकौं सम्मको प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त प्रजातन्त्रकोसमेत बिसर्जन गर्नु पर्ने अवस्था आईलाग्यो । प्रजातन्त्रका लागि आप्mनो जीवन र सर्वस्व अर्पण गरेका देशकै सर्वमान्य नेता गणेशमान सिंह सहित सन्तनेताको उपाधि पाएका किसुनजीले समेत यिनिहरुकै गलत व्यवहार र ना∙ो चरित्रका कारण आफैले जन्माएको पार्टी परित्याग गर्नुपर्ने अवस्थासम्म ल्याउन भ्याए ।
जव–जव नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा गयो, तव–तव मुलुकमा विभिन्न दुर्घटनाहरुसमेत भएका इतिहासहरु ज्यूँदै रहेका छन् । सिंगो कांग्रेसको बहुमतको एकमना सरकार ढाल्नसमेत पछि नपरेका विद्रोही स्वभावका अगुवा देउवाले एक समयमा कांग्रेसमा छत्तिसे प्रबृत्ति नै स्थापित गराएका थिए । २०५३ सालमा आप्mनै नेतृत्वको सरकारलाई वर्तमानका प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगमा सिंगो नेपाली जनताले साथै तत्कालिन एमालेको एउटा खेमाले जनाएको विरोधका माझबाटै राष्ट्रघाती माहाकाली सन्धि पारित गराएका थिए ।
जापानको राजदूत बनाईएकी सासु प्रतिभा राणाका लागि सिंगो नेपाली कांग्रेसको अस्तित्वलाई समेत टुकुचामा बगाई दिएका छन् । आफैले नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकोसमेत राम्ररी नेतृत्व गर्न नसकिरहेका देउवालाई उचालेर अमेरीका र ओलीले एमसीसीमार्फत सिंगो नेपाली कांग्रेसलाई निमिट्यान्न बनाउन खोज्दैछन् । यदि एमसीसीमा नेपाली कांग्रेसले पक्षमा मतदान गरे निर्वाचनताका केपी शर्मा ओलीले भाषण गरेजस्तै यो मुलुकमा नेपाली कांग्रेसको सरकार बन्ने अवस्था कहिल्यै आउने छैन ।
पैसा र पदका लागि पार्टी फोड्न र विपक्षीसँग गला जोड्नसमेत पछि नपर्ने देउवालाई स्वयं नेपाली कांगे्रस भित्र भने पार्टीलाई एकताबद्ध गराएर लैजान नसक्ने घमण्डी र अहंमतावादी नेताका रुपमा हेर्ने गरिन्छ । आफ्नो अनुकुलता नहुँदा पार्टीसमेत फुटाउन पछि नपर्ने देउवाका लागि एमसीसी अत्यन्तै ठूलो बम्फर योजनाका रुपमा आएको देखिन्छ । जीवनभर पेन्सन पाउने अमेरिकी सरकारी कर्मचारी झै रकम आउने बुझेरै देउवाले एमसीसीमा यत्ति बिघ्न छाँद हालेको स्वयं उनकै दलका दुःख पाएका नेताहरुले बताउने गरेका छन् ।
आफु प्रधानमन्त्री हुँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अमेरिका पठाएर एमसीसी सम्झौता गराउन लगाएका देउवालाई जनताबाट व्यापक बिरोध भै रहेको सम्झौता गर्न अहिलेको वर्तमान सरकारलाई भन्दा बढी हतारो परेको छ । माहाकाली सन्धि गराउने बेला देखिनै राष्ट्रघाती सन्धि सम्झौता गर्दै अकुत कालोधन कुम्ल्याउन देउवा र ओलीको चोचोमोचो निक्कै गतिलो गरी मिल्दै आएको छ । देशको सीमानाका बारेमा स्पष्ट अडान राख्नसमेत भारतको ईसारा पर्खदै बोल्न हिच्किचाउने देउवा, पार्टी भित्रको सामुहिक निर्णय भन्दा पनि भारतले के अह्राउँछ ? त्यहि मात्रै बोल्ने र गर्ने नेताका रुपमा चिनिन्छन् ।
नेपाली कांग्रेसमा श्रीमति र सम्बन्धमा सासु मात्रै देख्ने देउवाले राप्रपाको कोटामा उहिल्यै जापानको राजदूत बनाईएकी सासु प्रतिभा राणाका लागि सिंगो नेपाली कांग्रेसको अस्तित्वलाई समेत टुकुचामा बगाई दिएका छन् । आफैले नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकोसमेत राम्ररी नेतृत्व गर्न नसकिरहेका देउवालाई उचालेर अमेरीका र ओलीले एमसीसीमार्फत सिंगो नेपाली कांग्रेसलाई निमिट्यान्न बनाउन खोज्दैछन् । यदि एमसीसीमा नेपाली कांग्रेसले पक्षमा मतदान गरे निर्वाचनताका केपी शर्मा ओलीले भाषण गरेजस्तै यो मुलुकमा नेपाली कांग्रेसको सरकार बन्ने अवस्था कहिल्यै आउने छैन । नेपाली कांग्रेसका तमाम प्रजातन्त्रवादी तथा राष्ट्रवादी शक्तिहरु देशमा निर्माण हुन लागेको तेश्रो राजनैतिक शक्तिमा विलिन हुनेछन् । जसलाई वर्तमानका बनावटी गणतन्त्रका मलामीहरुलाईसमेत बढारेर लैजाने निश्चित छ ।
विदेशीले भने बमोजिमको संबिधान निर्माण गर्न बाध्य हुनुपर्यो, जसरी बिना जनभावना र जनमत राजसंस्था र हिन्दू राष्ट्रबाट एकै पटक हात धुनुपर्यो, त्यसरी नै अहिले सडकमा देखिएको जनमतको अध्ययन नगरी एमसीसी पास गर्न नेपाली कांग्रेस अग्रसर भए सिंगो राष्ट्रियता गुम्न सक्ने अवस्था सृजना हुन सक्ने अवस्था प्रति सिंगो कांग्रेस सचेत भएर प्रतिकारमा निस्कनु आवश्यक छ ।
जनताका जनजिवीकाका तमाम सवालहरुलाई उठाउनु पर्ने वर्तमान अवस्थामा, माहामारीले थलिएका जनताको आशाको केन्द्र बन्नु पर्ने अवस्थामा, सरकरका बेमौसमी बाजाका रुपमा आएका कार्पेट काण्ड, जिमखाना र पाईखाना काण्डका बारेमा दर्बिलो आवाज उठाउनु पर्ने अवस्थामा, जनतालाई घरभित्रै थुनेर कर तिर्न बाध्य बनाउने सरकारको बिपक्षमा जनतालाई एकत्रित गरेर गोलबन्ध गराउनु पर्ने अवस्थामा, एमसीसीका पक्षमा देउवाको देखाएको एकोहोरो सुगारटाईका बिषयका विपक्षमा अब सिंगो नेपाली कांग्रेस पार्टी भित्रै बिद्रोह हुन जरुरी छ । पटक पटक राष्ट्रघाती सन्धि संझौताको कालो धब्बा लाग्नबाट पार्टीलाई जोगाउन अब पार्टीको ईमान्दार पक्षले खुलेर बिरोध गर्न जरुरी छ । देउवाले ओलीसँगै सति जान खोजे पछि अहिले आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरुले गगन थापा र विश्व प्रकाश शर्माहरु सहितका नेताहरुको एमसीसीका बिषयमा आफ्नो आधिकारीक धारणा मागि रहेका छन् । आशाका केन्द्रमा रहेका यिनै नेताहरु पनि पैसामा बिक्री भए जनताले तेश्रो शक्तिको परिकल्पना गर्ने निश्चित छ ।
हिजो संबिधान निर्माणका बेला जनताबाट आएका लाखौको संख्याका सुझावहरुका बिषयमा आवश्यक अध्ययन नगर्दा जसरी देशले जनताले भन्दा पनि विदेशीले भने बमोजिमको संबिधान निर्माण गर्न बाध्य हुनुपर्यो, जसरी बिना जनभावना र जनमत राजसंस्था र हिन्दू राष्ट्रबाट एकै पटक हात धुनुपर्यो, त्यसरी नै अहिले सडकमा देखिएको जनमतको अध्ययन नगरी एमसीसी पास गर्न नेपाली कांग्रेस अग्रसर भए सिंगो राष्ट्रियता गुम्न सक्ने अवस्था सृजना हुन सक्ने अवस्था प्रति सिंगो कांग्रेस सचेत भएर प्रतिकारमा निस्कनु आवश्यक छ । रोग लाग्नु भन्दा पहिल्यै रोगको बाटो छेक्नु जाति हुन्छ ।
अहिले तमाम सरकारका गलत काम र गलत निर्णयहरुका बिरुद्धमा सडकमा आएर जनतालाई आन्दोलनमा सरिक गराउँदै आफ्नो दलको दर्बिलो उपस्थिति गराउनु पर्ने समयमा, कम्यूनिष्ट सरकारका तानाशाही रबैया, विभिन्न काण्ड तथा काला कर्तुतहरुको भण्डाफोर अभियान चलाउनु पर्ने समयमा, देउवा र ओलीको दल मात्रै फरक अरु सबै कुरा भने मिलेको झैं देखिएको छ । अब डा.शेखर कोईरालाले ओली सरकारका सहयोगी देउवा कमरेडलाई छोडेर सिंगो नेपाली कांग्रेस सम्हाल्न ढिलो गर्नु हुँदैन । अहिलेको वर्तमान संकटको घडिमा सम्पूर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अब डा. शेखर कोईराला कै आशा गरेका छन् । उनलाई नै भरोषा गरेका छन् । अब कांग्रेस जोगाउने जिम्मा डा. शेखरको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार