आजै म्यान्माबाट आएकालाई सबै ‘होम क्वारेन्टाइन’मा
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शनिबार २:७:२१
२३ जेठ, काठमाडौं । म्यान्माबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौं आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्माबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । आज म्यान्माबाट आउनेमा वाग्मती प्रदेशका १७ जना छन । गण्डकी प्रदेशका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना छन।
सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । उनीहरुलाई आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन् ।
आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् ‘युएई’ बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार