बैतडीका १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
जेठ २४, २०७७ शनिबार १५:२५:१२
२४ जेठ, बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएपछि सेवा प्रभावित भएको हो ।
उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधबार जाँच गर्दा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखापरेपछि आरडीटी गरिएको हो । नवजात शिशुको भने आरडीटी रिपोर्ट नेगेटिभ आएको छ ।
ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख डा जोशीले बताए । उनले भने, “अस्पतालमा आउने अरु बिरामी जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टाइनमा बस्न भनेका हौँ”, उनले थपे, “१९ स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पीसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ ।”
आरडीटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पीसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भए-नभएको थाहा हुने जनाएको छ । ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ । १९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी हुन् ।
सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा जोशीको भनाइ छ । यसैबीच बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार