कोरोना संक्रमित २३ पुगसँगै सीडीओ र एसपी अनुगमनमा
नेपालबहस संवाददाता
जेठ २४, २०७७ शनिबार २०:१०:५९
२४ जेठ, स्याङ्जा । स्याङ्जामा भारतबाट आउनेको संख्या बढ्न थालेपछि र कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले हरेका पालिकामा अनुगमन शुरु गरेको छ । क्वारेन्टाइनमा बस्ने मानिसको अवस्था र पालिकाले गरेको व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा समिति स्याङ्जाका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा अनुगमन शुरु गरिएको हो ।
भारतबाट आउने गण्डकी प्रदेशका मानिसको प्रमुख नाका स्याङ्जा हो । प्रदेशका हरेक जिल्लामा भारतबाट आउने मानिसहरु स्याङ्जा हुदै जानुपर्ने भएकाले पनि जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने जिल्ला सुरक्षा समितिले आंकलन गरेको छ । जिल्लामा भारतबाट आउने मानिसको चापसगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला सुरक्षा समितिले आइसुलेसन र क्वारेन्टाइनको अवस्थाबारे अनुगमन शुरु गरेको हो । हरेक पालिकाले निर्माण गरेको क्वारेन्टाइनको अवस्था र त्यहाँ बस्ने मानिसहरुको व्यवस्थाका बारेमा गुनासो आउन थालेपछि जिल्ला सुरक्षा समितिले अनुगमन शुरु गरेको हो । स्याङ्जामा भारतबाट आएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेपछि अन्य समुदायमा पनि यो भाईरस नसरोस भन्ने उदेश्यले सुरक्षा समितिले अनुगमनलाई तिब्रता दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
क्वारेन्टाइन निर्माण भएपनि स्याङ्जामा संक्रमित देखिएका व्याक्तिलाई उपचारका लागि भने व्यवस्थित आइसुलेसनको व्यवस्था गरिएको थिएन । कोरोना संक्रमणको संख्या बढेपछि आइसुलेसन निर्माणमा पहिला लाग्नु परेको प्रजिअ क्षेत्रीको भनाई थियो । जिल्लामा संक्रमणको संख्या बढेसगै सुरक्षा समिति अत्यन्तै गम्भिर बनेको छ, प्रजिअ क्षेत्रीले भने,“ यो सबैको साझा समस्या हो भन्ने बुझेर सबै आ—आफ्नो ठाउँबाट लाग्नुपर्ने अवस्था रहेको छ ।” यो माहामारीबाट बच्न सबैले लकडाउनलाई पालना गर्न आग्रह गर्छु उनले भने ।
हरेक क्वारेन्टाइनमा बसेका मानिसको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले पाएको छ । सुरक्षाका दृष्टिकोणले जति सक्यो थोरै क्वारन्टाइनको व्यवस्था र प्रहरी जनशक्तिको परिचालनमा प्रहरीलाई चुनौतीको बिषय बनेको छ । कोरोना संक्रमणको मात्रै नभएर अन्य अपराधिक क्रियाकलापको पनि चुनौतिलाई सामाना गर्दै समाज र समुदायको यो माहामारीबाट र अन्य अपराधिक क्रियाकलापको सुरक्षाका निम्ति जिल्ला प्रहरी कार्यालयले नयाँ रणनीति अनुसार कामको थालनी गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमलराज कणेलले बताए । जनशक्तिको अभाव हुन नदिने गरी सुरक्षा व्यवस्थालाई मजबुद बनाउने प्रयास जारी रहेको प्रहरी प्रमुख कणेलले बताए ।
स्याङ्जामा अहिलेसम्म भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या करिब १ हजारको हाराहारीमा रहेको छ । संघिय र प्रदेश सरकारले खासै आर्थिक सहयोग नगरेपनि क्वारेन्टाइनमा बस्ने मानिसको सबै जिम्मेवारी जिल्लाका सबै पालिकाले लिदै आएका छन् । कोरोना संक्रमणको संख्या २३ पुगेसगै उनीहरुको उपचारका लागि निर्माण गरिएको आइसुलेसनमा पनि पालिकाले नै खर्च व्यहोर्दै आएको अवस्था छ । उनीहरुलाई खान बस्नदेखि उनीहरुको पीसीआर टेष्टको खर्च पालिकाले नै व्यहोर्दै आएको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए ।
अहिलेसम्म स्याङ्जामा भीरकोट, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी, आँधीखोला र फेदिखोला गाँउपालिका बाहेक सबै पालिकामा कोरोना संक्रमण देखिएको छ । भारत लगायत तेस्रो मुलुकबाट स्याङ्जाबासी आउने क्रम बढ्दोसँगै व्यवस्थित क्वारेन्टाइन र सुविधायुक्त आईसुलेसनमा जिल्लाको सुरक्षा समिति र जिल्लाका जनप्रतिनिधिहरु चनाखो हुनु आवश्यक छ । जिल्लालाई कोरोना संक्रमणमुक्त बनाउने अभियानमा स्याङ्जावासीले पनि सम्वन्धित निकायलाई सघाउन आवश्यक देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार