स्वस्थ्य खाद्यान्न र सन्तुलित आहारले काेराेनाविरुद्ध प्रतिरोध क्षमता बढाउँछ
नेपालबहस संवाददाता
जेठ २४, २०७७ शनिबार २३:५५:१
२४ जेठ, काठमाडौं । काेराेना भाइरसबाट सिर्जित जोखिमका बीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ ।
उक्त दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागी विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सरुक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिए ।
खाद्यान्नबाट मानिसमा उक्त रोगको सङ्क्रमण भएको हालसम्म कुनै प्रमाण नभेटिएको उल्लेख गर्दै वक्ताले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको धारणा राखे। त्रिभुवन विश्वविद्यालयका प्रा डा गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा जनता नै त्यसको मारमा पर्ने बताए ।
खाद्य स्वच्छता सङ्क्रमण फैलिने र नफैलिन दुवै रोगका लागि महत्वपूर्ण रहेको जानकारी दिँदै प्राध्यपक खरेलले सबैखाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिए । उनले भने, “कोभिड १९ होस् वा नहोस् मानिस बच्ने सबैभन्दा ठूलो औषधि खाना हो, खाद्यान्नकै कारण मानिसलाई २०० थरी रोग लाग्छ, १० जना मानिसमध्ये एक जना खाद्यान्नकै कारण बिरामी हुन्छन्, त्यसकारण अहिले रोगसँग डराउने होइन, सजग र सावधानी अपनाउने हो ।”
भूकम्पले हाम्रा गाउँघरमा नयाँ घर दिएजस्तै कोभिडले पनि विश्वको स्वास्थ्य क्षेत्रमा रुपन्तरण ल्याउने विश्वास व्यक्त गर्दै प्रा डा खरेल भन्छन्, “कोभिडबाट बच्चका लागि प्रतिरोध क्षमता विकासका लागि शारीरिक व्यायम गर्न, सन्तुलित आहार, मनमस्तिष्कलाई शान्त राख्न, बसाइ सकारात्मक सोच र शान्त वातावरण बनाउन आवश्यक हुन्छ ।” विभागका वरिष्ठ विशेषज्ञ भीमप्रसाद पुलामीले भने, “तरकारीलगायतका खाद्यवस्तु बजारहुँदै भान्सासम्म कसरी सुरक्षित तुल्याउने भन्नेमा क्रेता र बिक्रेता सावधानी अपनाउनुपर्छ, यद्यपि तरकारी वा खाद्यान्नबाट कोभिडको सङ्क्रमण फैलिएको कुनै प्रमाण हालसम्म भेटिएको छैन ।”
उनले भने, “ऋतु, काल, समय, स्थान विशेष र शरीरिक प्रकृतिअनुसार हितकारी, प्राकृतिक सन्तुलित रोगनाशक खानपान हुनुपर्छ, खानेकुरा मात्र, रुचि एवं मनोभावनाअनुरुपको सन्तुलनयुक्त हुनुपर्छ ।” प्राकृतिक पदार्थमध्ये अन्न सबैभन्दा उत्पादन भएको हुनाले त्यही अन्न सबैका लागि औषधि भएको पौराणिक ग्रन्थमा समेत उल्लेख भएको बताउँदै वक्ताले त्यही अन्नलाई ठीक ढङ्गले प्रयोग गर्न नसक्दा मानिसलाई रोगी तुल्याउँदै आएको धारणा व्यक्त गरे ।
खाना तयार गर्न अघि पकाउने व्यक्तिले सरसफाइमा ध्यान दिने तथा खाना तयार गर्ने स्थान, भाडावर्तन र प्रयोगमा आउने अन्य सामग्री सफा गर्न सुझाव दिँदै विभागले खाना तयार गर्दा राम्रोसँग पकाउन, काँचो र पकाएको खानेकुरा अलगअलग एकआपसमा सम्पर्कमा नआउने गरी सुरक्षित तापक्रममा भण्डारण गर्न आम नागरिकलाई सल्लाह दिएको छ । नेपालमा भने विगत १२ वर्षदेखि यो दिवस मनाउँदै आएका छौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ के हो, यो किन महत्वपूर्ण छ ?
बैशाख ५, २०८१ बुधबार
महिलाले राम्रो स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरा के हुन् ?
चैत ३०, २०८० शुक्रबार
टाउको दुखे तुरुन्तै पेनकिलर नखानुहोस्, यसले रोगको जोखिम बढ्छ
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार