लकडाउनमै सुन पसल खुल्यो, सरकार कहाँ चुक्यो ?
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार १९:३८:८
२५ जेठ, काठमाडौं । सरकारी घोषणा अनुसार पनि लकडाउनको अवधि अझै एकसाता बाँकी छ । तर, ७५ दिनदेखि लगातारको लकडाउनबाट देश सँगसँगै जनताको पनि आर्थिक अवस्था बिग्रन थालेको भन्दै लकडाउनलाई केही खुकुलो बनाउन आमनागरिकको माग बमोजिम सरकार पनि केही नरम रुपमा प्रस्तुत भएको छ ।
सरकारले एकआपसको दूरी कायम राख्ने, एकसाथ अथवा भिडभाड नगर्ने गरी व्यवसाय सञ्चालनको लागि मौन स्वीकृति दिएको अवस्था छ, जेष्ठ ३२ सम्मका लागि र त्यसपछि त अवस्थालाई सामान्यकरणतर्फ लैजाने गरी लकडाउनलाई ७ चरणमा वर्गिकरण गरिएको छ । यसै परिवेशमा आइतबारदेखि सुन पसल समेत खोल्ने भनेर सम्वन्धित व्यवसायीको प्रतिनिधित्व गर्ने निकाय नेपाल सुनचाँदी व्यवसायी महासंघले विज्ञप्ति नै जारी गरेको छ ।
तर, स्वयम् सबै सुनचाँदी व्यवसायी भने अहिलेको अवस्थामा पसल सञ्चालन गरिहाल्नु पर्छ भन्ने मान्यता राख्दैनन् । उनीहरु आआफ्ना समस्या पनि तेस्र्याइरहेका छन् । यहाँनेर आश्चर्यको विषय कुनै पनि सुन पसल १, २ जना मात्र कर्मचारी वा पसल सञ्चालकको रेखदेखमा सञ्चालन हुनै सक्दैन, सुरक्षाका दृष्टिकोणबाट पनि । सुन पसलमा आउने ग्राहकको नियत एकैथरीको हुँदैन, त्यहाँ आउने सबै इमानदार पनि हुँदैनन् । यस अवस्थामा सुरक्षागार्डदेखि पसलमा ५, ७ जनाको संख्या चाहिन्छ नै । त्यसमाथि पनि सुन पसलको क्षेत्रफल त्यति फराकिलो पनि हुँदैन ।
सुन पसल सञ्चालकको आफ्नै गुनासो छ । गहना बिक्री भए वा नभए पनि कर्मचारी राख्नै पर्यो, कर्मचारीलाई काममा बोलाएपछि पारिश्रमिक दिनै पर्छ । तर, अहिलेको अवस्थामा गहना खरिद भन्दा पनि बिक्री गर्न आउनेको संख्या बढी हुन सक्छ । कारण पछिल्लो समयमा सुनको मुल्यमा भारी वृद्धी भएको छ भने कोरोनाको महामारीले जनताको आयस्रोत सुक्दै गएको छ ।
रह्यो खरिदकर्ता सुन पसलमा जाने अवस्था । खाद्यान्न वा तरकारी अथवा अन्य बस्तु खरिद गरेजस्तो होइन, सुनका गहना खरिद प्रक्रिया । सर्वप्रथम त सुनका गहना खरिद गर्न जाँदा प्रायः परिवार, नातागोता, साथीसँगीको समूह नै जाने गर्छ । पसलमा पुगेका ग्राहकले गहना हेर्दैमा खरिद गर्छन् भन्ने पनि छैन । आधा दर्जन बढी पसलमा गएर हेर्ने, आफूलाई सुहायो वा सुहाएन लगाएर जाँच गरिसकेपछि मात्र कुनै एउटा पसलको गहना उनीहरुको रोजाईमा पर्छ ।
यस परिवेशलाई हेर्दा दुई वा तीन थरी ग्राहक पसलमा छिरेको खण्डमा जत्रोसुकै पसल भए पनि त्यहाँका कर्मचारी समेतको संख्या गणना गर्दा त्यहाँ सामाजिक दूरी कायम रहेको देखिन्न । यदि त्यहाँ मध्ये कसै वा कोहीलाई संक्रमण भइसकेको अवस्था छ भने गहना रोज्ने नाममा, पसल चाहार्ने क्रममा, नापजाँच तथा गहनाको परिक्षण गर्ने क्रममा अरु कयौं संक्रमित हुनसक्ने अवस्था रहन्छ ।
आशय, सुन पसल खोल्न दिनु हुन्न भन्ने होइन, तर कसरी व्यवस्थापन गर्न सकिएला ? यो हो मुल जिज्ञासा । हुनत अहिलेको कोरोना संकटको अवस्थामा सुनका गहना विगतमा जस्तै खरिद हुन्छ नै भन्ने लाग्दैन । किनकी, यतिका दिनको लकडाउन अनि भविष्यको अन्योलताले गर्दा सुन न खान मिल्ने, नत जहाँतहिँ बेचिहाल्न मिल्ने बस्तु भएकाले पनि लकडाउनको कुनै चरणमा सुन व्यवसाय सञ्चालनको अनुमति दिइनु पर्नेमा ख्वै राज्य केमा, कोसँग चुक्या हो कुन्नी ? राम जानून् ।
मधु लम्साल, काठमाडौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार