लकडाउन खुकुलो बनाउन नयाँ मोडालिटी तयार
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार १९:२०:४०
२५ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउनका लागि नयाँ मोडालिटी तयार गरेको छ । यसअघि ६ चरणमा लकडाउन खुकुलो बनाउँदै आएको सरकारले थप छलफल र बहस गर्दै १० चरणमा लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटी तयार गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर आज मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतको भनाइ छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो बनाउने १० चरणको नयाँ मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ ले तयार पारेको तीन फरक मोडालिटीलाई परिमार्जन गर्दै १० चरणको नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रङ्गमा विभाजित गर्ने र सुरक्षा पद्धति अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने थियो ।
सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन मोडालिटी ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियो ।समितिले शनिबार पहिलो चरणमा छलफल गरेको थियो ।
यसअघि जेठ २२ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौंलगायत विभिन्न शहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम शुरु भइसकेको छ । आइतबार पनि काठमाडौं लगायतका शहरमा अधिकांश पसलहरु खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् ।
लामो समयदेखि जारी लकडाउनका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टप्रद बन्दै गएको छ । लकडाउन नखुल्दा देशभरको व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, रोजगारीका क्षेत्र ठप्प छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार