जनता समाजवादी पार्टीमा नेतृत्वकाे भागवण्डा मिल्याे
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार २०:४१:४
२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ मा पाँच पदाधिकारी रहने गरी टुंगो मिलेको छ । जसमा तीन जना अध्यक्ष रहने छन् । महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने गरी नेताहरुबीच नेतृत्वकाे भागवण्डा मिलेको हो।
राजपाले ठाकुरलाई कार्यकारी अधिकारी दिनुपर्ने अडान राखेका थियो भने समाजवादीले ठाकुरलाई सेरिमोनियल भूमिका दिएर यादवलाई पार्टीको कार्यकारी भूमिका हुने गरी दल दर्ता गर्नुपर्ने अडान राखिरहेका बेला भट्टराईसहित तीनै जना अध्यक्ष हुने र अशोक राई र राजेन्द्र महतोले समेत भूमिका पाउने गरी दल दर्ता गर्ने सहमित जुटेको हो।
नेता लक्ष्मण दल कर्णका अनुसार जसपाले आजै ‘आइतबार’ नै निर्वाचन आयोगमा दल दर्ताका लागि कागजात बुझाउने तयारी गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच पार्टी एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ।
वैशाख १० गते राति एकता घोषणा गरेका दुई दलले शनिबार ‘जेठ २४ गते’सम्म कागजात बुझाउनु पर्ने भए पनि अन्तिम दिन बिदा परेपछि भोलिपल्ट समेत म्याद पाइने व्यवस्थाअनुसार उनीहरु आइतबार आयोग जान लागेका हुन्।
वैशाख ११ गते निर्वाचन आयोग पुगेर दुई दलका नेताले एकताबारे जानकारी दिए पनि त्यसपछि थप कागजात लिएर जान सकेका थिएनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार