नेकपाभित्र चर्किने भो रडाको
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार २१:२८:६
२५ जेठ, काठमाडौं । केही दिनयता सतहमा नदेखिएको सत्ताधारी नेकपाभित्रको कलह भोलिबाट फेरि शुरु हुने भएको छ । अमेरिकी सहयोग अन्तर्गत सञ्चालनमा आउन लागेको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन पारित गर्न तीव्र दवाव परेपछि नेकपाले भोलि सचिवालय बैठक बोलाएको छ ।
यसअघि बसेको सचिवालय बैठकमा परिमार्जनसहित एमसीसी पारित गनुपर्ने मत बलियो भएको थियो । सो बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे संसदले नै उपयुक्त निर्णय लिने बताएपछि विवाद केही साम्य भएको थियो । साथै, यसबारे टुंगो नलागेसम्म एमसीसी अन्तर्गतका काम रोक्ने सहमतिसमेत जनाइएको थियो ।
तर भोलि भने ओलीले सचिवालय बैठकमा एमसीसी पारित गरिछाड्ने आफ्नो धारणा सुनाउने स्रोतको दावी छ । ओलीको चाहना अनुसार अरु सचिवालय सदस्यले सहमति नजनाउने अवस्था भएकाले यो विवादले फेरि नयाँ रुप लिने धेरैको बुझाई छ । एमसीसी प्रकरणमा ओली पक्ष कमजोर छ । तर बिगत तीन वर्षदेखि कार्यान्वयनमा आइसकेको एमसीसीबाट भाग्ने अवस्था नभएको ओली पक्षको तर्क रहेको छ । ओली पक्षले यस्तो तर्क प्रस्तुत गरेपनि सहजै पारित गर्न भने गाह्रो देखिएको छ ।
केन्द्रीय कमिटीले यसबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा कार्यदल बनाएको थियो । भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको उक्त कार्यदलले परिमार्जनसहित एमसीसी पारित गनुपर्ने राय दिएको थियो । तर सदस्य ज्ञवालीले भने त्यसमा १५ बुँदे असहमति जनाएका थिए । यही मुद्धाले एकपटक फेरि नेकपाभित्रको भुसको आगो सहतमा आउने भएको छ– राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । नेपालको स्वाधिनता र आत्मसम्मानमा चोट पुग्ने खालका बुँदा रहेको स्पष्ट गर्दै उनले एमसीसी यथास्थितिमा स्वीकार्नु भनेको भोलि अरुका लागि पनि बाटो खोल्नु हो भने ।
यस्तै प्रकृतिको कुनै परियोजना भारत वा चीनले सञ्चालन गर्ने रुचि देखायो भने के गर्ने ? उनी प्रश्न गर्छन् । एमसीसी कार्यान्वयनमा कुनै विवाद सिर्जना भए नेपालको कानून आकर्षित नहुने प्रावधान नै मूल समस्यको जड हो – डा. केसी भन्छन् । यही मुद्धामा नेकपाभित्र समस्या सिर्जना हुने र सत्ताको बाँडफाँडमा पुगेर मात्रै समाधान गर्नुपर्ने अनुमान उनले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार