कोरोना संक्रमितको शव १५ घण्टादेखि आइसोलेसनमै !
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार २१:१०:१३
२६ जेठ, पोखरा । पोखराको काेराेना अस्पतालमा आइतबार राति मृत्यु भएका ६० वर्षीय पुरुषको शव अझै व्यवस्थापन हुन सकेको छैन । आइतबार राति करिब साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु भएको करिब १५ घन्टासम्म शव आइसोलेसन कक्षमै राखिएको हाे ।
शव व्यवस्थापनका लागि पोखरा महानगरले अझै पनि ठाउँको टुंगो लगाउन सकेको छैन । मृतकको परिवारको सहमतिमा शव व्यवस्थापन गर्ने गरी ठाउँ खोजिरहेको छ । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले कोरोनाबाट मरेकाहरुको शव व्यवस्थापन गर्न छुट्टै कार्यविधि छ । त्यही कार्यविधि अनुसार लाश गाड्न यार्ड खोजिरहेकाे बताए ।
शर्माले अस्पतालसँग आफूहरुले सम्पर्क भने नराखेको बताए । शव व्यवस्थापनका लागि पोखरा फूलबारीस्थित भगवती दल गणलाई जिम्मा दिइएको छ । गणका कर्णेल मदनजंग कार्कीले महानगरले शव व्यवस्थापन ठाउँ व्यवस्था गरे आफूहरु तत्काल फिल्डमा खटिने जानकारी दिए ।
स्याङ्जा वालिङ निवासी ती व्यक्ति २३ गते अस्पताल भर्ना भएका थिए । २२ गते सुनौली नाकाबाट वालिङ नगरपालिकाले उद्धार गरेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि पोखरा पठाइएको थियो । पोखरा आफन्तको आइसकेपछि उनलाई बल्ल अस्पताल भर्ना गरिएको थियो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले कोरोनाबाट मृत्यु भएका ती पुरुषसँग सम्पर्कमा आएकाहरुको कन्टयाक ट्रेसिङ सुरु गरेको छ । उनी स्याङ्जाबाट पोखरा छाेरीको घरमा आएपछिमात्रै अस्पताल भर्ना भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार