उच्च पहाडी भेगमा बर्खे धान रोप्न शुरु
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार २३:५२:१७
२६ जेठ, लमजुङ । लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा बर्खे धान रोप्न शुरु भएको छ । केही दिनदेखि लगातारको वर्षात्पछि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको हो । यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । पानी पर्न थालेपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाइँ शुरु भएको किसानको भनाइ छ ।
क्व्होलासोथर गाउँपालिका–९ घाम्राङमा किसानलाई धान रोपाइँले भ्याइनभ्याइ भएको छ, खाना खाने फुर्सदसमेत छैन् । गाउँका तीन चार घर मिलेर आलोपालो गरेर धान रोप्न शुरु भएको स्थानीयवासी गमप्रसाद गुरुङले जानकारी दिए। उनले भने, “हामी आलोपालो गर्छौं, एउटा काममा १०-१५ दिन अनि अर्काकोमा १०-१५ दिन गर्दै धान रोप्छौँ ।”
सोही गाउँपालिकाको वडा नं ६ पसगाउँमा पनि धान रोपाइँ शुरु भएको छ । मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका कामसार्की गुरुङका अनुसार घेर्मु फाँटमा सिँचाइको सुविधा भएसँगै धान रोप्न शुरु गरिएको बताए । किसानले समूह बनाएर यहाँ धान रोप्न शुरु गरिएको उनको भनाइ छ । त्यस्तै, दोर्दी गाउँपालिका वडा नं ४ नौथर शेरामा पनि धान रोपाइँ शुरु भएको छ ।
ग्रामीण तथा उच्च भेगमा मात्र नभई बेँसीका ठूला फाँटमा समेत रोपाइँ हुन थालेको छ । बेँसीशहर नगरपालिका–११ चितीस्थत रामचोक फाँटमा धान रोपाइँ भइरहेको स्थानीयवासी ईश्वर सेडार्इंले जानकारी दिए । लगातार पानी परेपछि पानीको मुहान खेतमै फुट्न थाल्यो अनि यहाँका किसानले रोपाइँ शुरु ग¥यो उनले भने ।
जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्ले, उन्नत जातहरु मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे ३००४ लगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार