कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
नेपालबहस संवाददाता
जेठ २६, २०७७ मंगलबार ३:३३:५६
२६ जेठ, कञ्चनपुर । कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टाइनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न सङ्घ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा अल्का मजगैंयालाई तोकिएको छ ।
यसैगरी जिल्लाका क्वारेन्टाइमा रहेका सात हजारभन्दा बढी व्यक्तिमध्ये मुटु रोगी आठ, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी एक, पाइल्स रोगी एक, हालै शल्यक्रिया गरेका २६, जन्डीसका बिरामी एक र ६० वर्षमाथिका नागरिक ९२ जना गरी २०० जना रहेका छन् ।
कोरोना भाइरसको उच्च जोखिममा रहेका ती व्यक्तिहरुको तत्काल आरडीटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टाइन कार्यविधि २०७७ अनुसार होम क्वारेन्टाइनमा पठाउने निर्णयसमेत गरिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । आरडीटी पोजेटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि–आइसोलेशनमा थप स्वास्थ्योपचारको व्यवस्था मिलाइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार