एक घर : एक धारा कार्यक्रमबाट दुई लाख ७५ हजार लाभान्वित
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार १६:५:१४
२७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारको एक घर : एक धारा कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याउन विशेष कार्यक्रम लागू गरिएको उल्लेख छ ।
आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताए। एक घर : एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।
भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ । पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमीनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको र १७५ सिँचाइ आयोजनाको निर्माण कार्य भइरहेको छ ।
नदी नियन्त्रण र तटबन्ध कार्यक्रमअन्तर्गत १५७ आयोजना कार्यान्वयन गरी २९।४ किलोमिटर लामो तटबन्ध निर्माणबाट बस्ती, बजार, जग्गा र सांस्कृतिक सम्पदाको संरक्षण गरिएको र उक्त कार्यबाट १९७ हेक्टर जमीन उकास भएको प्रदेश सरकारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार