लकडाउन कस्तो बनाउने मैं माथापच्ची
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १७:२३:४३
२८ जेठ, काठमाडौं । कोरोना भाइरसको त्राशबाट आजित संसारका प्रायः सबै देशले नयाँ ढंगले जनजीवन चलाउने निधो गरेका छन् । त्यसैले अमेरिका, स्पेन, इटाली मात्र होइन भारतीयले समेत कोरोनासँग लड्दै जनजीवन सामान्य बनाउने अग्रसरता देखाएका छन् ।
तर नेपालमा भने त्यो आँट गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार छैनन् । कोरोना संक्रमण बढिरहेका बेला लकडाउनको विकल्प सोच्न सकिन्न–अहिलेसम्मका प्रायः हरेक मन्त्रिपरिषद बैठकमा उनी भन्ने गर्छन् । बिना तयारी निर्बिकल्प बनाइएको लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै सर्वत्र ओली सरकारको विरोध हुन थालेको छ । कतिपय ठाउँमा व्यापारीहरुले लकडाउन अवज्ञा गरिरहेका छन् । व्यापारीहरु आजित भएर एकपक्षीय रुपमै भएपनि पसल खोल्न हौसिएका छन् ।
पछिल्लोपटक लकडाउन थप्दा मोडालिटी परिवर्तन गरिने भनिएको थियो । जेठको २५ गतेबाट नयाँ मोडालिटीमा लकडाउन खुकुलो पार्ने सरकारी भनाई सार्वजनिक भयो । तर मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओली सकारात्मक देखिएनन् । दैनिक संक्रमित संख्या बढिरहेका बेला लकडाउन खुकुलो पार्ने कुरा मान्य हुनेछैन – उनको कथन थियो ।
एकजना मन्त्रीका अनुसार, प्राय सबै मन्त्रीहरुले अब विकल्प नदिने हो भने विद्रोह हुन सक्नेसमेत बताए । तर प्रधानमन्त्री ओली कसैका तर्क सुन्न तयार देखिएनन् । जसले गर्दा अहिलेसम्म पनि लकडाउनको मोडालिटी परिवर्तन भएको छैन । हिजो साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठकले चाहिँ परिवर्तन गर्ने भनी व्यापक प्रचार गरियो । तर टाई–टाई फिस्स नै भयो । आज दिउँसो बस्ने मन्त्रिपरिषदले चाहीँ निर्णय गर्छ, भनिएको छ ।
सरकार लकडाउनप्रति कडा रुपमा प्रस्तुत भएपछि व्यापारीहरुले अवज्ञा गरे । प्रहरी प्रशासन पनि केही अलि नरमै देखियो । तर यो साताबाट फेरि लकडाउनको कडा पालना गराउन खोजिएको छ । हिजै मात्र न्यूरोडका व्यापारी र प्रहरीबीच पसल खोल्ने नखोल्ने विषयमा घम्साघम्सी नै प¥यो । त्यसैले आज बस्ने मन्त्रिपरिषद बैठकले पनि ठोस निर्णय लेला नलेला भन्न सकिन्न ।
तर सरकारमाथि भने लकडाउन खुकुलो पार्न कडा दबाब चाहिँ परिरहेको छ । यत्रो दबाव पर्दासमेत ओली भने लकडाउन खुकुलो पार्न अनिच्छुक किन भएको होला ? धेरैलाई लागेको जिज्ञाशा हो यो । जानकार भन्छन्– यो विषय सत्ता राजनीतिसँग जोडिएकाले ओली हच्किएका हुन् । प्रधानमन्त्री ओलीलाई अहिले लकडाउन खोल्न कोरोनाको भन्दा सत्ताको त्राशले बढी सताएको छ– नेकपाकै नेताहरुको बुझाई यस्तो छ । जनजीवन सामान्य हुनेवित्तिकै सत्ता डग्मगिने त होइन ? उनको भय यही नै हो । किनभने ओली यतिबेला आफ्नै पार्टीमा चरम संकटमा रहेका छन् । पार्टीका हरेक निकायमा उनी अल्पमतमा रहेको अवस्था छ । त्यसैले पार्टीका कुनै पनि बैठक डाक्न उनी चाहँदैनन् ।
अहिलेको संकट भने उनका सामुन्ने दुईवटा रहेका छन् । पहिलो भनेको आगामी आर्थिक वर्षको बजेट संसद्बाट पास गराउनु हो । दोस्रो चाहीं संसद्को चालू बैठकबाटै अमेरिकी सहयोग अन्तर्गत सञ्चालनमा रहेको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन पारित गर्नु रहेको छ । यी दुबै काम ओलीका लागि ज्यादै महत्वको छ । त्यसैले तत्काललाई उनी विरोधीका निम्ति सहज हुने अवस्था तयार होस् भन्ने चाहन्नन् । त्यसैले गर्दा लकडाउन खुकुलो होस् भन्ने उनको चाहना छैन– निकट स्रोतको भनाई छ । सकेसम्म लकडाउन यथावस्थामै जाओस् भन्ने ओलीको कामना हो, तर अब त्यो संभव छैन, त्यसैले लकडाउनको मोडालिटी परिवर्तन नगरी सुखै छैन– नेकपाकै नेताहरुको भनाई छ ।
सायद चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्ने नीति आउने छ – जानकार भन्छन् । पहिलो चरणमा भने खासै खुकुलो नपार्ने योजना रहेको पनि विज्ञहरुको भनाई छ । सरकारी तहबाट तयार गरिएको परिवर्तित मोडालिटीमा प्रत्येक दुई सातालाई एकचरण मानिएको बताइएको छ । जे भएपनि प्रधानमन्त्री ओली अबको दुई साता राजनीतिक रुपमा पूर्ण सुरक्षित नरहेकाले यस्तो अवस्था निर्माण भएको हो – वालुवाटार स्रोतको भनाई छ । अब चाहिँ असार १ गतेबाट लागू हुने गरी नयाँ मोडालिटी पास गर्ने तयारी भएको पनि स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार