मन्त्रीको मात्रै हैन, प्रधानमन्त्री ओलीको परिचय नै बदलियो !
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १८:५५:३९
यज्ञप्रसाद भट्टराई
२८ जेठ, काठमाडौं । जनता सरकारको अघोषित कर्फ्यूका कारण घर भित्र बस्न बाध्य भएको पनि ७९ दिन नाघि सक्यो । सबैले खाए पछि खाने राजा योग नरेन्द्र मल्लका गाउँमा बसेर जनताले खाए खाएनन् ? औषधिमुलो पाए पाएनन् ? हिउँदमा न्यानो एकसरो कपडा लाए लाएनन् ? भन्ने कुरासमेत अहिलेको प्रधानमन्त्रीले कहिल्यै चालै पाएनन् । बालुवाटारको तातो रापमा पिल्सिएका प्रधानमन्त्रीलाई जनताको जाडोको अनुभूति कहिल्यै हुन पाएन । उनका आसेपासेले हामी जनताका लागि केही गर्न आएका भनेर कहिल्यै सरकारलाई जनतामुखी बनाउनसमेत कहिल्यै भ्याएनन् । भेटे जति हसुर्ने अनि जनताका थाप्लामा ऋणको बोध थोपर्ने बाहेकको यो सरकारले पनि कुनै गतिलो काम गरेको जनताले कहिल्यै देख्न पाएनन् ।
बा’ले आफ्नो जन्मोत्सव मनाउन तेह्रथुम जाँदा हेलिकप्टर मात्रै हैन, झापा, मोरङ्ग र ईलामबाट सयौं गाडीमा कामरेडहरु ओसारेका थिए भने ओसारिएका हजारौ कार्यकर्तालाई साडी वितरण पनि गरिएको थियो । यी ईमान्दार मन्त्रीले सांकेतिक रुपमै भए पनि प्रधानमन्त्रीको विरोध गर्न भ्यायौ । अरु त सबै प्रधानमन्त्रीका धुपौरे मात्रै ठहरिए, मिलाएर आनासुकि खाने बालुवाटारमा हाजिर बजाउन जाने । अहिले त प्रधानमन्त्री पनि चिकित्सक भन्दा कम छैनन् । डाक्टरले कोरोनाको पुष्टि गरेर मृत्यु भएकालाई पनि कोरोनाले हैन अरु नै रोगले मरेको भन्न भ्याउछन् ।
देशको कायापलट गर्छौ भनेर सिंहदरबार छिरेका ओली बा र उनका सहयोगी मन्त्रीहरु पनि खाल–खालकै छन् । कोही माक्स मन्त्री छन् । मुखमा लगाउनु पर्ने माक्स हातमा लगाएर सार्वजनिक समारोहमा देखा पर्छन् । कोही रिल्याक्स मन्त्री छन् । आफुलाई भन्दा अरुलाई लाज लाग्ने काममात्रै बढी गर्छन् । कोही ढाँट मन्त्री छन् । काम एउटा र कुरो अर्कै गर्छन् । कोही मारकाट मन्त्री छन् । बर्षौदेखि लागेको बानी छोडनै धौ–धौ मानिरहेका छन् । कोही छलछाम मन्त्री छन् । जनतालाई सधैं गुमराहमा राखेर आफ्नो दुनो सोझ्याउँछन् । कोही साईकल मन्त्री छन् । लाजै नमानी साईकलमै पेट्रोल तुक्र्याउँछन् । कोही बाईबल मन्त्री छन् । आफु हिन्दू भएर नागरिकलाई बाईबल पढन उक्साउँछन् । कोही भ्रमण बर्ष मन्त्री छन् । नेपाल कोरोना मुक्त देश हो भन्दै रोगको भकारी देश भित्र भित्र्याउँछन् । कोही कर मन्त्री छन् । आम्दानी बिनाको कर नागरिकका थाप्लामा बोकाउँछन् । कोही डर मन्त्री छन् । जनताले केही बोली हाले भने पानीको फोहोरा, अश्रु ग्याँस र लाठी जनताका डडेल्नामा बर्साउँछन् ।
सरकारमै संलग्न मन्त्री कृषि क्षेत्रमा सरकारको लगानी निकम्मा भएको बताउछन् । सरकारले किसानका लागि उपलब्ध गराएको अनुदानका गाडी र साडी मै सकिएछ भन्दैछन् । कुरो सहि पनि हुनसक्छ । बा’ले आफ्नो जन्मोत्सव मनाउन तेह्रथुम जाँदा हेलिकप्टर मात्रै हैन, झापा, मोरङ्ग र ईलामबाट सयौं गाडीमा कामरेडहरु ओसारेका थिए भने ओसारिएका हजारौ कार्यकर्तालाई साडी वितरण पनि गरिएको थियो । यी ईमान्दार मन्त्रीले सांकेतिक रुपमै भए पनि प्रधानमन्त्रीको विरोध गर्न भ्यायौ । अरु त सबै प्रधानमन्त्रीका धुपौरे मात्रै ठहरिए, मिलाएर आनासुकि खाने बालुवाटारमा हाजिर बजाउन जाने । अहिले त प्रधानमन्त्री पनि चिकित्सक भन्दा कम छैनन् । डाक्टरले कोरोनाको पुष्टि गरेर मृत्यु भएकालाई पनि कोरोनाले हैन अरु नै रोगले मरेको भन्न भ्याउछन् । काम भने सिन्को नभाँची बर्षौ बिताईसके, उनै फेरि यत्तिका बिकास गरें भनेर जग हसाउँछन् ।
करोडौंका बिलासिताका सामाग्री खरिद गरेको भनेर सामाजिक सञ्जालमा सरकारको बिरोध भै रहेको छ । यता नागरिकहरु भने भोकमरी र अभाव खेपिरहेका छन् । यस्तो अवस्थामा सरकारले एकोहोरो कर उठानको कुरा गर्नु कहाँ सम्मको न्यायोचित कार्य हो ? आम नागरिकहरु सरकारलाई जनताको सहयोगिको रुपमा भन्दा पनि जनतामारा शासकको रुपमा हेर्ने अवस्था बढदै गैरहेको छ । जनतालाई श्वास फेरेर बाँच्नसमेत गाह्रो भैरहेको छ ।
कोरोनाको महामारीबाट फैलिएको मानविय त्रासका कारण महिनौदेखि नागरिकहरु घर भित्रै थुनिएर बसेका छन् । जीवन रहे पछि केही गराैंला भनेर झिनो आशामा बाँचेका नागरिकलाई सरकारले ढाडस दिने कुनै गतिलो काम गर्न सकिरहेको देखिदैन । अहिले सर्वसाधारण किसान मरेको छ, दैनिक ज्यालादारीमा काम गरेर खाने मजदुर मरेको छ । राज्यलाई अरबौं कर तिर्ने उद्योगी र व्यापारीहरु मरेका छन् ।
यातायात तथा यातायात कर्मीहरुहरुको झनै कहालिलाग्दो कन्तबिजोगको अवस्था देखिरहिएको छ । दैनिक आम्दानी गरेर साहु महाजन र बैंक तथा बित्तिय संस्थाको ब्याज तिर्नेहरुको अर्कै कहालिलाग्दो अवस्था र दुखेसो छ । यस्तो अवस्थामा सरकार भने नागरिकलाई छोटो समयको समयसीमा तोकेर कर तिर भनेर उर्र्दी गरिरहेको छ । सरकारलाई साच्चै राज्य सञ्चालन गर्न अप्ठ्यारो नै परेको हो त ? भनेर अध्ययन गर्दा सरकार आफ्ना लागि यही समयमा सुबिधामाथि सुबिधा थपिरहेको छ ।
करोडौंका बिलासिताका सामाग्री खरिद गरेको भनेर सामाजिक सञ्जालमा सरकारको बिरोध भै रहेको छ । यता नागरिकहरु भने भोकमरी र अभाव खेपिरहेका छन् । यस्तो अवस्थामा सरकारले एकोहोरो कर उठानको कुरा गर्नु कहाँ सम्मको न्यायोचित कार्य हो ? आम नागरिकहरु सरकारलाई जनताको सहयोगिको रुपमा भन्दा पनि जनतामारा शासकको रुपमा हेर्ने अवस्था बढदै गैरहेको छ । जनतालाई श्वास फेरेर बाँच्नसमेत गाह्रो भैरहेको छ । यस्तो अवस्थामा सबै मरेको ठाउँमा सरकारी कर्मचारी र सरकारका संयन्त्रहरु पनि सामेल हुन सक्ने कि नसक्ने भन्ने अहम प्रश्न खडा भएको छ ।
देशका प्रधानमन्त्री, मन्त्री, सभासद, उच्च पदस्थ कर्मचारी लगायत विदेशी कुटनैतिक नियोगमा कार्यरत आम नेपालीहरुले अब ठूलो छाती गर्न आवश्यक छ । करका नाममा सरकारले नागरिकलाई मरेमाथि कात्रो मात्रै गर्दै जाने हो भने अबका आगामी दिनहरुमा कोरोनाको कहरले भन्दा पनि सरकारको करका डरले नागरिकहरुले अत्यधिक रुपमा आत्मदाह गर्ने अवस्था सृजना हुने देखिदैछ । यस बिषयमा अब सामाजिक अभियन्ता, नागरिक समाज, सरकारका सल्लाहकार लगायत सिंगो विद्धत वर्गले सरकारको खरो खबरदारी गर्न आवश्यक भैसकेको छ ।
अभिव्यक्ति र वर्तमानका काम गराईबाट ओली देशको लागि, देशका जनताका लागि, आफु संलग्न दलका लागि, दलका नेता तथा कार्यकर्ताका लागि केही गर्न सक्दैनन् भन्ने कुराको पुष्टि हुन थालेको छ । यही भएर उनकै सहयोगिहरुले पनि उनलाई बोक्ने काँध फेर्न थालेका छन् । स्वयं प्रधानमन्त्रीलाई यो के गरेको प्रधानमन्त्री ज्यू ? भनेर केर्न थालेका छन् । प्रधानमन्त्रीले भने मै मात्रै सर्बेसर्बा हुँ, मै मात्रै जान्ने हुँ भन्ने मनोरोग पालेका छन् ।
सरकारका प्रधानमन्त्री आफैले सार्वजनिक सभा सम्मेलनमा बोलेका कुराहरु नै पुरा गराउन नसकेर हैरान छन् । कुनै समयमा यही देशमा काम बढी कुरा कम भन्ने प्रधानमन्त्री पनि थिए त्यसलाई अहिलेका प्रधानमन्त्रीले उल्टाई दिएका छन् । कुरा बढी काम कम प्रधानमन्त्रीका रुपमा चिनिएका वर्तमान प्रधानमन्त्रीका हाँसिकमजाकमै उनका आसेपासे वरिपरी बसेर तालि बजाईरहेका छन् । कहिले पानी जहाज र कहिले रेलका कुरा गरेर रमाईरहेका छन् । देशका अभिभावक भ्यागुत्ताको कथा सुनाएरै दर्शक दिर्घा हसाई रहेका छन् । कहिले बालुवाटार र कहिले अस्पताल गर्दै आप्mनो कार्यकाल कटाईरहेका छन् ।
उनका विगतका अभिव्यक्ति र वर्तमानका काम गराईबाट ओली देशको लागि, देशका जनताका लागि, आफु संलग्न दलका लागि, दलका नेता तथा कार्यकर्ताका लागि केही गर्न सक्दैनन् भन्ने कुराको पुष्टि हुन थालेको छ । यही भएर उनकै सहयोगिहरुले पनि उनलाई बोक्ने काँध फेर्न थालेका छन् । स्वयं प्रधानमन्त्रीलाई यो के गरेको प्रधानमन्त्री ज्यू ? भनेर केर्न थालेका छन् । प्रधानमन्त्रीले भने मै मात्रै सर्बेसर्बा हुँ, मै मात्रै जान्ने हुँ भन्ने मनोरोग पालेका छन् । यस्तै अवस्था अझै रहिरहने हो भने यो सरकारले पनि देश र जनताका लागि केही नगर्ने भो भनेर नागरिकहरुले सडकमा आउन खुट्टा उचाल्न थालिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार