चार्टर्ड उडानबारे छानबिन समिति गठन
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बिहिबार २:१:३६
२८ जेठ काठमाडौं । सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र पर्यटन मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो सम्बन्धमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
साथै आगामी दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि हो उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित वायु सेवा कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधार प्रस्तावित भााडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
कोभिड १९ को कारण सिर्जित परिस्थिले गर्दा नेपालमा रहेका विदेशी तथा भिसाा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाज हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेकोप्रति पनि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकोे विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार