विश्वभर कोरोनाबाट ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ७४ लाख नाघ्यो
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १८:२५:४०
२९ जेठ, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८ हजार ५३७ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १३० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८८५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५४ हजार ६४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६१ हजार २५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४० हजार ३९२ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख ३९ हजार ७३८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार ९४१ को मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार १८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३७ हजार २०३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख १२ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ७१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार