टर्कीद्वारा अन्तराष्ट्रिय हवाई उडान पुनः शुरु
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २०:२९:३२
२९ जेठ, एजेन्सी । कोरोना भाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तराष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ ।
टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको सबिहा गोक्सेन बिमानस्थलबाट लन्डनका लागि स्थानीय समयअनुसार बिहान ८.४० बजे प्रस्थान गरेको छ । त्यसलगत्तै नेदरल्याण्ड्सको आम्सटर्डम र जर्मनीको डुसेलडोर्फका लागि पनि बिमानहरु प्रस्थान गरेको टर्कीका अधिकारीहरुले बताएका छन् ।
यसैबीच, टर्कीस एयरलाइन्सको अर्को बिमान इस्तानबुल विमानस्थलबाट जर्मनीको डुसेलडोर्फका लागि प्रस्थान गरेको छ । यी बिमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमतिप्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको छ ।
बिमानस्थलमा प्रवेशका लागि निकै कडा नियमहरु जारी गरिएको बिमानस्थलका अधिकारीहरुले बताएका छन् । प्रत्येक यात्रुको शरीरको तापक्रम जाँच्नुका साथै वैध टिकट भएका व्यक्तिलाई मात्र बिमानस्थलमा प्रवेश गर्न दिइएको छ ।टर्कीले घरेलु उडानहरु गत जुन १ तारिखबाटै शुरु गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार