प्यूठान कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार २१:५५:५१
३० जेठ, झिमरुक । प्यूठान कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागार भवनमा २५ कैदीबन्दी अटाउने क्षमता भएपनि हाल ५३ पुरुष र सात महिला गरी कूल ६० जना कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीको सङ्ख्या बढ्दै गए पनि सोहि अनुसार कारागारको व्यवस्थापन हुनसकेको नसकेको कारागार प्रमुख सूर्यबहादुर पन्तले बताए । राणाकालमा घोडा राख्ने तबेलाको ठाउँलाई कारागारका रूपमा प्रयोजनमा ल्याइए पनि अहिलेसम्म आवश्यक सुधार हुनसकेको छैन । बन्दाबन्दीका अवधिमा तीन कैदी जबर्जस्ती करणी उद्योगमा थपिएको र एक रिहा भएको कार्यालय प्रमुख पन्तले बताए ।
भौतिक पूर्वाधारको अभावमा कैदीबन्दी राख्न समस्या परेको उनले बताए । कारागार व्यवस्थापनका लागि शौचालय, प्रहरी ब्यारेकसहित दुई कोठाको नयाँ भवन निर्माण हुँदैछ । कैदीबन्दीको समस्यालाई ध्यानमा राख्दै कारागारको अवस्थाबारे पटक–पटक माग गरेर पठाएपछि नयाँ भवनका लागि बजेट आएपश्चात भवन निर्माणको काम शुरु भएको हो । रु ८५ लाख बजेटमा भवन निर्माणको काम भइरहेको कार्यालय प्रमुख पन्तले बताए । त्यस्तै कार्यालयको नयाँ भवन निर्माणका लागि मल्लरानी गाउँपालिका वडा नं ४ बुढाचौरमा १० रोपनी जग्गा उपलब्ध भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार