कोरोना अपडेट : आज २४ घण्टामा कहाँ-कति सङ्क्रमित ?
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शनिबार १:१५:४३
३० जेठ, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन ४४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२४ पुरुष र २४ महिलामा सङ्क्रमण देखिएको बताए ।
आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । गत माघ ९ गते नेपालमा पहिलोपटक चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ६२ पुगेको छ । तीमध्ये चार हजार ७०९ पुरुष र ३५३ महिला रहेका छन् ।
उनका अनुसार प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका दुई पुरुष र झापाका सात पुरुष रहेका छन् । यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका आठ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धादिङका एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उदयपुरका तीन पुरुष र सिरहाका ११ पुरुष रहेका छन् ।
यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एक पुरुष, झापाका छ पुरुष र सुनसरीका एक महिला तथा नौ जना सङ्क्रमण देखिएको छ । यसैगरी प्रादेशिक प्रयोगलामा पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपुर ‘पूर्व’का एक र तनँहुका एक पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष, बाँकेका एक महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी ‘पूर्व’का चार पुरुष, मोरङ एक, धादिङका दुई महिला र २५ पुरुष रहेका छन् ।
यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष तथा सर्लाहीका चार पुरुष रहेका छन् । यस्तै राप्ति जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा दाङका तीन महिला र पाँच पुरुष रहेका छन् ।
सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष तथा सुर्खेतका दुई महिला र ४३ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्धाखाँचीका दुई पुरुष, गुल्मी र पाल्पाका एक÷एक जना पुरुष, प्युठानका दुई पुरुषमा रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपुर ‘पश्चिम’का एक महिला र एक पुरुष रहेका छन् ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १४१ जना सङ्क्रमण भएको पृष्टि भएको छ । तीमध्ये सर्लाहीका नौ महिला र ४१ पुरुष, रौतहटका ८६ पुरुष, बारा, धादिङ, धनुषा, नुवाकोटका एक÷एक जना पुरुष र काठमाडौंकी एक जना महिला रहेका छन् ।
१६ जना डिस्चार्ज
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज १६ जना सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किएका छन् । तीमध्ये १२ पुरुष र चार महिला रहेका छन् । अहिलेसम्म ८७७ डिस्चार्ज भई घर फर्किका छन् । तीमध्य ७८६ पुरुष र ९१ महिला रहेका छन् ।
आज डिस्चार्ज भएर घर फर्किनेमा सशस्त्र प्रहरीको कोभिड–१९ युनिफाइड अस्पताल, बलम्बुबाट दुई महिला र एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिला, काठमाडौं मेडिकल अस्पताल दुवाकोटबाट दुई महिला र एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष र ह्याम्स अस्पतालबाट एक पुरुष डिस्चार्ज भएर घर फर्किएका छन् ।
अहिलेसम्म पीसीआर एक लाख २१ हजार ८६२ र आरडीटी एक लाख ८८ हजार ५२ जनाको गरिएको छ । २४ घण्टामा पीसीआर पाँच हजार ९२५ जना र आरडिटी नौ हजार ९०९ मा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार