वालिङ नगरपालिकाले बाँड्यो बाँदर धपाउने उपकरण
नेपालबहस संवाददाता
जेठ ३१, २०७७ आइतबार ०:५८:२१
३१ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बाँदरबाट आजित भएका कृषकलाई बाँदर धपाउन उपयोगी हुने उपकरण दिएको छ । बाँदरबाट आजित बनेका कृषकले खेतीयोग्य जमिनमा खेती गर्न छाडने समस्या बढदै गएपछि नगरपालिकाले कृषकलाई बाँदर धपाउन उपयोगी उपकरण दिएको हो ।
नगरपालिकाले पहिलो चरणमा वडा कार्यालय मार्फत १ सय थान उपकरण कृषकलाई निःशुल्क वितरण गरेको छ । ‘कारबाईड’ र पानीको मिश्रण गरेपछि लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाज सहित पडकिदा बाँदर भाग्ने विश्वास गरिएको छ । स्थानीय युवा उद्यमी भवि कोईराला र ईन्जियर सुरज रिजालले उक्त उपकरण बनाएका हुन् ।
जिल्लास्थित सुरक्षा निकायको अनुमति लिएर उपकरण चलाउन प्रशिक्षण दिएर उपकरण वितरण गरिएको नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए । पहिलो चरणमा बाँदरबाट अति प्रभाबित गाउँको छनौट गरेर कृषकलाई उपकरण उपलब्ध गराएको खाँणले बताए । “खेतबारीमा लगाएको अन्नबाली, फलफूल र तरकारी बाँदरले खाने र टिपेर फाल्ने समस्याबाट कृषक आजित भएका थिए ।” प्रमुख खाँणले भने, “विभिन्न जुक्ति लगाएर बनाएको उपकरण बाँदर धपाउन सहयोगी बन्नेमा हामीले विश्वास गरेका छौं ।” आवश्यकता र कृषकको माग अनुसार उपकरण बनाएर दिने योजनामा नगरपालिका रहेको उनले सुनाए ।
यूपीभीसी पाइपबाट बनाईएको उपकरण निकै सस्तो र उपयोगी रहेको नगरपालिकाले दाबी गरेको छ । खेतीयोग्य जमिन बाँझै छाडन बाध्य भएका कृषकलाई उपकरण सहयोगी बन्नेमा नगरपालिकाले विश्वास जनाएको छ । “बाँदरले खाने डरमा कृषकले खेतीयोग्य जमिनमा लगाएको मौसमी तथा बेमौसमी खेती कुरेर बस्न बाध्य छन् ।” वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले भनिन्, “उपकरणको सहायताले अब दैनिक रुपमा खेती कुरेर बस्नुपर्ने बाध्यता हट्ने छ ।” खेतीबालीको सुरक्षा र कुरेर बस्नुपर्ने बाध्यता हटेपछि समयको बचत हुने भएपछि उत्पादनमा समेत बृद्धि हुने तिवारीको बुझाई छ ।
जंगल नजिकका खेतबारीमा होस वा घर आसपासमा लगाएको खेती बाँदरले खाएर सखाप बनाउने गरेको स्थानीय कृषक राजु रेग्मीले बताए । उनका अनुसार नगरपालिकाले उपकरण पडकाएर बाँदर त्रसित बनाएर भगाउने योजना ल्याएपछि कृषकमा खुशि छाएको छ । उपकरणको सहायताले खेतबारीमा लगाएको बालीनाली सुरक्षित हुनेमा रेग्मीले विश्वास जनाए ।
“विगत लामो समयदेखि झेल्दै आएको बाँदरको समस्या वालिङ र स्याङ्जाको मात्र होईन ।” वालिङ नगरका प्रवक्ता केदार काफ्लेले भने, “पहिलो चरणमा कृषकले प्रयोगमा ल्याउने उपकरण प्रभाबकारी बन्दै गए अन्य स्थानीय तहलाईसमेत उपकरण बनाउने विधिका बारेमा जानकारी दिन्छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार