पत्रकार महासङ्घ कास्कीमा आबद्ध पत्रकारको बीमा
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १३:३९:६
३२ जेठ, चिप्लेढुङ्गा । नेपाल पत्रकार महासङ्घ कास्कीले आफ्ना सदस्यको कोरोना बीमा गराएको छ । तमु धिं युकेको आर्थिक सहयोगमा २६१ जनाको बीमा गरिएको महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
महासङ्घमा आबद्ध ३०२ मध्ये बाँकी ४१ पत्रकारले आ–आफ्ना सञ्चारगृहबाट र अन्य केहीले व्यक्तिगत ढङ्गले पहिले नै कोरोना बीमा गरेका छन् । श्रेष्ठले देशभरि नै यति धेरै पत्रकारको बीमा गर्ने महासङ्घ कास्की पहिलो संस्था भएको जिकिर गरे । उनले पत्रकारको बीमाका लागि आर्थिक सहयोग उपलब्ध गराउने युकेको प्रतिष्ठित गोरखा कप तथा नेपाली मेलाको आयोजक संस्था तमु धिं युकेप्रति हार्दिक आभार व्यक्त गरे ।
प्रत्येक पत्रकारको बीमा शुल्क रु ६०० रहेको छ । कोरोना बीमा बीमित पत्रकारलाई पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा एकमुष्ठ रु एक लाख प्रदान गरिने बीमा कम्पनीले जनाएको छ ।पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपाल पत्रकार महासङ्घ कास्की शाखाको गत सोमबार बसेको अनलाइन बैठकले पेशागत जिम्मेवारीका कारण कोरोनाको जोखिममा अग्रपङ्क्तिमा रहेका कास्कीका सबै पत्रकारको कोरोना बीमा गर्ने निर्णय गरेको थियो ।
सदस्य पत्रकारको कोरोना बीमा गर्न गत मङ्गलबार महासङ्घ कास्की र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच सात बुँदे लिखित सम्झौता भएको शाखाका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार पत्रकारको बीमाका लागि नेपाल पत्रकार महासङ्घ कास्कीमार्फत तमु धिं युकेबाट प्राप्त रु एक लाख ८० हजारमध्ये महासङ्घका सदस्य पत्रकार (२६१) को बीमा शुल्क रु एक लाख ५६ हजार ६०० भुक्तानी गरी बाँकी रकम रु २३ हजार ४०० सहयोगदाताकै आग्रहमा महासङ्घमा आबद्ध नभएका आदिवासी जनजाति पत्रकारको बीमा गर्नका लागि फोनिज कास्कीलाई हस्तान्तरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार