एमसीसीको पक्षमा प्रचण्ड र बामदेव पनि
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २०:५०:२०
३२ जेठ, काठमाडौं । पछिल्लो तीन महिना प्रधानमन्त्री केपी ओलीका लागि अवसर र चुुनौती दुुवै बनेको छ । कोरोना महामारीकै बेला ओलीले दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराए । धेरैलाई अचम्मित पार्दै उनी बेलैमा तंग्रिए । बढी दौडधूप र धपेडी गर्नुु नपर्ने अवस्था कोरोनाले बनाइदियो । जतिखेर उनलाई पूर्ण आरामको जरुरी थियो, त्यही बेला उनले लकडाउन घोषणा गर्न पाए । त्यस अर्थमा उनलाई आराम गर्ने अवसरसमेत कोरोना महामारीले जुुराइदियो ।
अर्कातिर यही बेला उनको राजनीतिक भविष्यमा चुुनौती पनि देखा प¥यो । विगत तीन वर्षदेखि पार्टी र सरकार दुुवै मोर्चाको नेतृत्व तहमा रहेका ओलीको राजनीतिक यात्रा उकालो चढ्दो रह्यो । तर पछिल्लो अवस्थामा भने उनी पार्टीभित्र अल्पमतमा परे । चाहे सचिवालय होस् वा स्थायी कमिटी वा केन्द्रीय कमिटी नै किन नहोस् उनको शक्ति क्षयीकरण भयो ।यसमा उनकै अहंकार र एकांकी सोच कारक रह्यो । पार्टीमा अर्का अध्यक्ष बनाइएका पुुष्पकमल दाहाल प्रचण्डलाई साथमा लिएर हिंडुुञ्जेल त ओलीको रौं समेत कसैले हल्लाउन सकेन ।
जब प्रचण्ड बिच्किए तब ओलीको अधोगति सुुरु भयो । अहिले प्रचण्डसहित बहुमत शीर्ष नेता ओलीको विपक्षमा छन् । त्यसैले ओली पार्टीको कुुनै पनि बैठक डाक्न तयार छैनन् । स्थायी कमिटी बैठक नबसेपछि एक तिहाई सदस्यले लिखित रुपमै बैठकको माग राखे । तर त्यसको कार्यान्वयन अझै भएको छैन । कारण, बैठकमा ओलीको उछित्तो काढ्ने बलियो संभावना छ । त्यसैले यो अवधि ओलीका लागि चुुनौतीपूूर्ण पनि रह्यो ।
प्रधानमन्त्री ओलीका सामुु अहिले अर्काे चिन्ता थपेको छ अमेरिकी सहयोग अन्तर्गतको प्रोजेक्ट मिलेनियम च्यालेञ्ज कर्पाेरेशन अर्थात एमसीसीले । लामो समयदेखि एमसीसी पारित गर्न ओली भरमग्दूूर प्रयासमा रहे । तर सफल भएका छैनन् । एमसीसीलाई उनकै पार्टी नेकपाले गिजोलिरहेको छ । न त पास गर्न दिन्छ, न विपक्षमा निर्णय नै लिन । जसले गर्दा एमसीसीको भविष्य के होला भनेर प्रश्न गर्ने अवस्था आइसकेको छ ।
एमसीसीका सन्दर्भमा प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी जनता पार्टी सकारात्मक छन् । सत्तारुढ नेकपाकै ओली पक्षधरपनि पारित गर्न कस्सिएका छन् । तर ओलीका विरोधी नेताहरु भने यही मौकामा छिर्के दाउ हान्ने तयारीका रहेका छन् । ओलीलाई सबैतिरबाट घेराबन्दी गर्दासमेत पछार्न नसकेका नेकपाका नेताहरु मौकाको पर्खाईमा छन् । एमसीसी प्रकरणमा ओलीलाई परास्त गर्न पाए सेखी झार्न पाइने नेताहरुको बुुझाई छ ।
असारको १५ गते भित्र संसदबाट एमसीसी परियोजना पारित गरिसक्नुुपर्ने समयसीमा रहेकाले नेकपाले यसको छिनोफानो गर्नैपर्ने अवस्था छ । त्यही भएकाले आज साँझ ४ बजे नेकपाले सचिवालय बैठक बोलाएको छ । बैठकको एकमात्र अजेण्डा एमसीसी रहेको बताइन्छ । एमसीसी पास गर्न नचाहने नेताहरुले बहाना मात्र बनाएको ओली पक्षधरको बुझाई छ ।
एमसीसी देखाएर सत्ताको बार्गेनिङ गर्न खोजेको भन्दै ओलीले पनि धेरै महत्व नदिएको दावी उनीहरुको रहेको छ । आजको बैठकमा सचिवालय सदस्यहरुका अलावा डा.भीम रावल, प्रदीप ज्ञवाली र डा. युुवराज खतिवडालाई समेत डाकिएको छ । सबैको धारणा सुनेर एउटा निचोडमा पुुग्ने ओली पक्षको भनाई रहेको छ । आजको बैठकमा प्रचण्ड र बामदेव गौतमले एमसीसी पारित गर्ने पक्षमा धारणा राख्ने ओली पक्षको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार