राजेन्द्र पनि राष्ट्रवादी ?
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २३:३७:२३
अबोध तथा अबला नारीलाई नाङ्गै पारेर बलात्कार गर्ने, देशका भौतिक संरचना, विकासका पुर्वाधार नष्ट गर्ने मात्र हैन दुधे बालकलाई बन्दूक बोकाउने, विद्यालय गएका बालबालिकाहरुलाई बुट बोकाउने, गुडिरहेको यात्रुबाहक गाडीमा आगो लगाउने, नेपाली दाजुभाइ मारेर रगतको खोलो बगाउनेहरुलाई अत्यन्तै राष्ट्रवादी देख्ने हाम्रो समाजमा मधेसमा आगो बालेर, भारतमा बसेर नेपालतर्फ ढुंगा हानेर, नाकाबन्दीमा भारतलाई सघाउने, दिल्लीमा गएर नेपाली राष्ट्रियतालाई गंगाजीमा बगाउने, सरिता गिरीलाई नानाभाँती बोल्न लगाउने राजेन्द्र महतोलाई राष्ट्रवादी देख्नु कुन सा अनौठो कुरा भयो र ??
♦ यज्ञप्रसाद भट्टराई
३२ जेठ, काठमाडौं । यो देशमा मिनेट मै राष्ट्रवादी जन्मिन्छन् मिनेटमै बिलाउँछन् । हिजोको कट्टर देशद्रोही आज कट्टर राष्ट्रवादी बनिरहेका हुन्छ । आफैले बिद्रोही भनेर जेल हालेको मान्छेलाई आफै देशको प्रधानमन्त्री भन्दा महान दार्शनिक भनेर बालुवाटारमा फुलमाला लगाउँछौ । हिजोको अर्राष्ट्रिय तत्व भनिएको व्यक्ति रातारात राष्ट्रवादी बनाएर सिंहदरबार छिराउँछौं । जंगलमा बस्दा पनि र शहरमा बस्दा पनि नागरिकलाई बर्षौसम्म सास्ती, दुःख, पीडा र दमन गरिरहेका व्यक्तिहरुलाई समेत सहयात्री बनाएर हिडाउँछौं । आफ्नो स्वार्थपूर्ति हुने अवस्था देखिनु पर्छ गूहुलाई गोबर्धन र मुतलाई मुनप्रसाद भनेर सुँईक्याउँछौं । आफ्नो हितका लागि आफ्नै सहयात्रीको पातासमेत फर्काउँछौं, कट्टर बिरोधीका गालासमेत सुमसुम्याउँछौं । कथाले मागेपछि जस्तो पनि सट दिने कलाकार र हाम्रा देशका नेताको झण्डै–झण्डै उस्तै उस्तै बानी परेको देखिन्छ ।
जनताका छोरा–छोरी मारेर, अबोध बालबालिकाहरुलाई टुहुरा पारेर, राष्ट्रको ढुकुटी रित्तो पारेर, विद्यालयमा पढाउँदा पढाउँदै गरेका निहत्था शिक्षकहरुलाई तारो हानेर, अबोध तथा अबला नारीलाई नाङ्गै पारेर बलात्कार गर्ने, देशका भौतिक संरचना, विकासका पुर्वाधार नष्ट गर्ने मात्र हैन दुधे बालकलाई बन्दूक बोकाउने, विद्यालय गएका बालबालिकाहरुलाई बुट बोकाउने, गुडिरहेको यात्रुबाहक गाडीमा आगो लगाउने, नेपाली दाजुभाइ मारेर रगतको खोलो बगाउनेहरुलाई अत्यन्तै राष्ट्रवादी देख्ने हाम्रो समाजमा मधेसमा आगो बालेर, भारतमा बसेर नेपालतर्फ ढुंगा हानेर, नाकाबन्दीमा भारतलाई सघाउने, दिल्लीमा गएर नेपाली राष्ट्रियतालाई गंगाजीमा बगाउने, सरिता गिरीलाई नानाभाँती बोल्न लगाउने राजेन्द्र महतोलाई राष्ट्रवादी देख्नु कुन सा अनौठो कुरा भयो र ??
राष्ट्रको ढुकुटी महिना दिनमै स्वाहा पार्ने, जिउँदो नेपालीलाई उपचार र सुरक्षाको नाममा क्वारेन्टाईनमा राखेर खानै नदिएर मार्ने, नेपाली जनताको चाहना र आकांक्षामा तुषारापात पार्ने, सरकारको गलत कामको बिरोध गर्ने नागरिकलाई पानीको फोहोरा र अश्रु ग्याँसले ठहरै पार्ने, कामको सिन्को नभाँच्ने, कुराले सबै कुरा भैसकेको भान पार्ने, भोका नाङ्गा नेपालीलाई सर्वहाराको सरकार आएपछि धनी र गरिब समान पार्छौ भनेर आकाशका तारा झार्ने राष्ट्रवादीहरुको वास्तविक अनुहार पनि अहिले बोक्रा ताछिएको केरा झै उधाङ्गो भएको छैन र ?? हिजो माहाकाली नदीमा राष्ट्रवाद देख्नेले भोली आजको उपलब्धि नउल्ट्याउलान भन्ने के ग्यारेन्टी छ र ??
देशमा सरकार निकम्बा भयो भने विदेशीले देशमा आँखा चम्काउने हो । भेटे जति कर्याक-कुरुक्क पारौं भनेर हात लम्काउने हो । सडकमा नागरिकहरु देशको राष्ट्रियता र देशको सीमानाका बारेमा खबरदारी गर्दा हामीले अपनाउनु पर्ने साबधानीहरुलाई समेत विचार पुर्याउनु पर्ने हुन सक्छ । जुनसुकै समस्याहरु पनि द्विपक्षिय सहमति र छलफलबाट पूर्णबिराम लगाउनु पर्छ । यसका लागि छिमेकी राष्ट्रको केटाकेटी पाराको बिरोध गर्नु भन्दा पनि आफ्नो देशको सरकारलाई खबरदारी गर्दै बढी जिम्मेवार बनाउनु नागरिकको दायित्व हुन सक्छ । घर मुली नै सुताहा, विकाहा, निरिह र बेकामे भयो भने खाली छिमेकीलाई मात्रै दोष लगाउनुले पनि के नै पो अर्थ राख्छ र ??
बुढी गाईको पुच्छर समातेर बैतरणी नदी तर्न हौसिएकाहरुलाई बुढी गाई खोलामै पस्न डराएपछि पुच्छर पछाडिका मुर्दाहरुको जमात बिलखबन्दमा परेको छ । जसरी पनि बैतरणी तार्छु भनेर कसम खुवाएर खोलासम्म पुर्याईएका पापिष्टहरुलाई बुढी गाईले बैतरणी नदीमा खुट्टोसमेत नहालेपछि हिस्स बुढी हरिया दाँत बनेका छन् । आफै नदीसम्म जान डराएकाहरुलाई मज्जाले हौस्याएर आफुसँगै लिएर हिडेकी गौ माताले बीच बाटोमै अलपत्र पारिदिए पछि न त फर्कनु, न त आफैं खोलामा हामफाल्नुको दोधारमा पारिदिएकी छिन् । पटक–पटक झुक्याउँदा पनि चेत नपलाएका मुर्दाहरुलाई बैतरणी नदी कसरी तर्ने ? र कसले तारिदेला ?? भन्ने चिन्ताले सताउनसम्म सताएको छ । पारी नतरी पाप मोक्ष नहुने आशंकाले हुनसम्मको पीडा भोग्नु परेको छ ।
माहाकाली सन्धि र पञ्चेश्वर परियोजनाको संझौताले प्रष्ट पारिसकेको छ । प्रधानमन्त्रीकै भाषा सापट लिएर भन्ने हो भने पनि कागजको नक्सा त प्रेसमा जत्ति पनि छाप्न सकिन्छ, मुख्य कुरो द्विदेशीय समस्या राजनैतिक, कुटनीतिक, छलफल र परामर्शबाट समाधान गरिने हो भन्ने कुरालाई फेरि तिनै प्रधानमन्त्रीले उल्ट्याइ दिएका छन् । केही भुक्तभोगी राजनीतिज्ञहरु यसलाई फास्रो राष्ट्रवाद मात्र हैन नितान्त दलगत स्वार्थ पूर्ती गर्ने अभ्यास र विरोधीहरुको ध्यान मोडनका लागि गरिएको प्रोपोगेण्डाका रुपमा लिने गरेका छन् । देशले गरेको राष्ट्रियताप्रतिको यो समर्पणलाई विरोधका रुपमा लिईएको भने किमार्थ होईन
अहिले हाम्रो देशका नेतामा देखिएको फास्रो राष्ट्रवादको तथाकथित लेपनलाई वास्तविक अनुहारमा परिणत हुने अवस्था सृजना भएपछि मेकअप सकिए पछिको महिलाको मुहार झै देखिएको छ । कुरा गरेरै देश बनाउनेहरुको ३० बर्षको अथक प्रयासले पल्टा खाएपछि नागरिकमा अहिलेका दल र तिनमा आबद्ध नेताहरुको विश्वास भने गुम्दै गैरहेको देखिदैछ । देशको सार्वभौम दुष्मनलाई चढाएर नेपाली हुनुको गर्व गर्दै वीरगाथा गाउँदै हिडनु र भिरबाट लडेर मरेकी श्रीमतीलाई हेरेर बुढी मरे पनि आँखा चाँहि फुटेन छ धन्न भगवान भन्नु उस्तै–उस्तै हैन र ??
सरकारमा संलग्न दल र प्रतिपक्ष दलहरु कतिसम्म राष्ट्रवादी छन् भन्ने कुरा उनीहरुले नै गरेको माहाकाली सन्धि र पञ्चेश्वर परियोजनाको संझौताले प्रष्ट पारिसकेको छ । प्रधानमन्त्रीकै भाषा सापट लिएर भन्ने हो भने पनि कागजको नक्सा त प्रेसमा जत्ति पनि छाप्न सकिन्छ, मुख्य कुरो द्विदेशीय समस्या राजनैतिक, कुटनीतिक, छलफल र परामर्शबाट समाधान गरिने हो भन्ने कुरालाई फेरि तिनै प्रधानमन्त्रीले उल्ट्याइ दिएका छन् । केही भुक्तभोगी राजनीतिज्ञहरु यसलाई फास्रो राष्ट्रवाद मात्र हैन नितान्त दलगत स्वार्थपूर्ति गर्ने अभ्यास र विरोधीहरुको ध्यान मोडनका लागि गरिएको प्रोपोगेण्डाका रुपमा लिने गरेका छन् । देशले गरेको राष्ट्रियताप्रतिको यो समर्पणलाई विरोधका रुपमा लिईएको भने किमार्थ होईन, तर आफैले अन्य दलहरुसँग गरिएका संविधान संसोधनका बुँदाहरुमा गरिएको संझौताका हस्ताक्षरको मसी सुक्न नपाउँदै अहिले आएर नयाँ सीमाना सहितको नक्सा र निशाना छापमा पल्टिएको देश भक्तिले भोलीको देशको राजनैतिक अवस्थामा कहाँ नेर पुगेर पछारिने हो ? र यसले कति क्षति पुर्याउने हो ? त्यो भने हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
जब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार